Tuesday, March 12, 2019

धिपधिप सास!

अन्धकार र चकमन्न रात!
केही अधुरा सपना
र रहरहरुकाे खात!
समय र परिस्थिति
बाध्यता र झमेला साथ
जिन्दगीको गाेरेटामा
मिसिएका र झुटिएका हात!
मन मुटु भरि संग्गालेर
राखेको केही अाफ्नाका
मिठासपुर्ण याद!!
बस चल्दै छ जिन्दगी धिपधिप
"सास" का साथ!!

Saturday, March 2, 2019

मन

जलेको मन निभाउन सक्छौ पानी लिइ अाउनु!
च्यात्तिएको मुटु सिलाउन सक्छौ सियो लिइ अाउनु!!

जिन्दगी काे हरेक माेड मा साथ दिने बाचा गराइ!
सक्छौं निभाउन साथ भने डाेली लिइ अाउनु!!

स्वार्थ र धाेका र देखावटी काे प्रेम होइन मलाई !
सक्छौं दिन भने निस्वार्थ भावकाे प्रेम लिई अाउनु!!!




पहिलो प्रेम अनि अहिले याद।

आज धेरै पछि तिम्रो याद आयाे। हाम्रो मिठो सम्बन्ध काे याद आयाे। थाहा छ तिमी अहिले जीवनमा खुसी छौं,अहिले तिमी जहाँ रहनु खुसी रहनु। म पनि यहाँ ...