Sunday, April 7, 2019

सिरक

सिरक

म उ बिना सुत्न सक्दिन
चाहे दिन मा हाेस् चाहे राती
चाहे गर्मी हाेस् चाहे चिसो माैसम
उसको एक स्पर्शले मलाई
अान्नदित बनाईदिन्छ!,

साँच्चिकै धेरै प्रेम गर्छु उसलाई
उ बिना म धेरै नै छट्पटिन्छु
कहिलेकाहीँ रातमा यताउता उ पर्द
म बेचैन भए यताउता खाेज्छु
जब उसलाई पाउछु अगालाे हालेर सुत्छु!

जब म अामाकाे यादमा रुन्छु,
त उ साथी बनेर अाशु पुछिदिन्छ
जब म खुसी भएर हाँस्छु त
उ पनि म सँगसँगै चेेपिएर हाँस्छ!

भनु म काेठा मा एक्लै हुदा
उसले साथ छाड्दैन,
उ प्याराे छ मलाई,अनि उसलाई म!
मेरो अाशु र खुसी भनु
उ सँगसँगै बगिरहेको हुन्छ!!

हो साँच्चिकै "सिरक" त बिना
मेरो जिन्दगी अधुरो छ!!

प्रेम काे डाेरी

हाम्रो प्रेम डोरी
हाम्रो भेट भए देखि र
अहिलेसम्म बाटिरहेका छाै
चाहान्छु त्यो डाेरी मजबुत बनुन
जस्तोसुकै परिस्थितिमा उस्तै रहाेस्
कहिलेकाही मेरा हात गल्दा
तिम्रो हातले मेरो हात थमाउनु
तिम्रो हात गल्दा म थमाउला
तर कहिल्यै पनि यो
प्रेम काे डाेरि एकाेहाेराे
बाटिरहनु नपराेस हई!!

पहिलो प्रेम अनि अहिले याद।

आज धेरै पछि तिम्रो याद आयाे। हाम्रो मिठो सम्बन्ध काे याद आयाे। थाहा छ तिमी अहिले जीवनमा खुसी छौं,अहिले तिमी जहाँ रहनु खुसी रहनु। म पनि यहाँ ...