खै किन अाज निद लागेन जिन्दगीमा अाईपरेका कुरा, अाई परेका झमेला हरु एकाएक याद अाउन थाल्याे। मन का पीडा बेथा हरु अनि अाफ्ना केही वर्तमान का याद हरु मनमुटु मा खेलिरहे, जति भुलाउन खाेजे पनि याद बनि यादमा बसिरहे।
असार महिना बाहिर झरी झम झम परिरहेको थियो ।पानी पर्दा डराएर अामा काे साहार खाेज्ने म अाज कता कता यो झरी मेरै साथ दिईरहेकाे जस्तो लाग्यो। यो झरी पनि प्याराे लाग्याे यी तिता यादहरु काे अगाडि। झ्याल काे पर्दा उघारेर एक टक ले बाहिर हेरिरहे र मन मनै भने खास यी झरीले मेरा यि तिता यादहरु पनि पखालेर लगिदिए!!
जति अगाडि बढ्न खाेजे पनि जिन्दगीमा बितेका कुरा अनि बितेका पल हरु ले कहिल्यै छाडेन्न्, सधैब पिछा गरिरहे। केही कुरा सम्झिन्न याद गर्दिन भन्दा पनि ती नै बितेका पल हरु झलझलि मनमुटु मा अाईरहे तिखाे बाण बनेर प्रहार गरिरहे।
केही कुरा भुल्नु पर्दाे रछ अनि केही कुराहरु भुलाउनै पर्दाे रहेछ, जिन्दगीमा अगाडि बढ्नकाे लागि तर पनि बारबार बितेका जिन्दगी का केही घटनाले बारबार बिझाँउछ, बारबार सताउछ अनि बिथोल्निन पुग्छ जिन्दगी।
कुनै परिस्थिति बाध्यता यस्ता हुदा रछन् जसबाट जितिसकेकाे जिन्दगी पनि हार्नु पर्दाे रछ, अगाडि बढिरहदा पछाडि हट्नु पर्दाे रछ, हाँसिरहदा रुनुपर्दाे रहेछ, अाफ्नाे भागमा पीडा दिएर अरुकाे खुसीको लागि यो मुहारमा झुठाे मुस्कान ल्याउनु पर्दाे रहेछ!
कसले चाहादैन र खुसीयाली जीवन, कसले चाहादैन र सुखमय जीवन तर कहिल्यै साेचे जस्तो नहुने अाखिर जिन्दगी न हो। नचाहादा नचाहादै पनि अप्ठ्यारो परिस्थिति लाई अंगाल्न बाध्य हुदाे रहेछ जिन्दगी भित्र भित्रै अाशु पिएर बाहिर हाँस्न बाध्य हुन्छ जिन्दगी।
कहिलेकाही नसाेचेकाे कुरा हुन्छ जीवनमा, नभाेगेकाे पीडा भाेग्नुपर्छ। हुन त सधैं खुसी मा काे नै हुन्छ र हरेक लाई पीडा पर्छ हरेक सँग तिता याद हुन्छ तर पनि जसाेतसाे चलाउनै पर्छ यो जिन्दगी।
जीवनमा रहर हरु पलाउँदै गर्दा न त बाध्यता थाहा हुन्छ न त परिस्थिति जतिबेला जीवन के हो बुझेकाे पनि हुदैन। जब जीवन बुझ्दै गयाे उति बाध्यता र परिस्थिति बढ्दै गयाे रहर हरु मर्दै गए। ईच्छ चाहानाहरु सेलाउदै अनि चल्न थाल्छ जिन्दगी माझधाराकाे ढुङ्गा जसरी।
उकालो अाेराली जिन्दगी का यात्राहरु कहिले खुसी त कहिले रुदै निरन्तर बढिरहन्छ बढाइरहनु पर्ने पनि हुन्छ। परिस्थिति र बाध्यतालाई अगांल्दै,परिस्थिति र बाध्यतालाई पछार्दै अगाडि बढ्ने हिम्मत गर्नु पर्छ। अाफ्नै मन ले अाफैलाई प्रश्न गर्दै छु के म मा हिम्मत छैन र?
परिस्थिति र बाध्यता काे नाम मा जीवनलाई अप्ठ्यारो परिस्थिति मा पार्न हुन्न एक खुसीयाली जीवनकाे लागि हरेक कुरा सहनु पर्छ अाई परेका अप्ठ्यारो बाटाेलाई सजिलो बाटाे बनाउने हिम्मत गर्नुपर्छ हो साँच्चिकै जिन्दगी लाई सुन्दर बनाउने प्रयास गर्नुपर्छ।
अाफ्नै मन देखर अचम्म परे अघि भरखरै बितेका कुरा लिएर, बितेका यादमा छट्पटिने म अहिले हिम्मत काे कुरा गर्दै छु। जिन्दगी लाई सहज बनाउने साेच्दै छु।जिन्दगी खुसियाल मा बिताउने साेच्दै छु के यो सम्भव छैन र। अवस्य सम्भव छ।
अब बितेका कुरा होइन अाउने दिन लाई ख्याल गर्नुपर्छ। अब राेएर होइन हाँसीहाँसी जिन्दगी कटाउनु पर्छ। यस्ता कुरा साेच्दा साेच्दै समय बितेकाे पत्तै भएन घडीमा रातकाे एक बजिरहेको थियाे।अझै पनि बाहिर पानी परिरहेकाे थियाे।
बिस्तारमा पल्टिएर म बितेका बर्तमानका सबै कुराहरु भुलेर, यी बाहिर परेका झरी सँगै सम्पुर्ण तिता याद हरुलाई बगाएर। हरेक कुरा भुल्ने निर्णय गरे। अनि निदाउन लागे भाेली बिहान एक नयाँ बिहान लिएर।