काँडा पन्छाएर अघि बढ्न यसै यहाँ कहाँ सजिलो छ र
अप्ठ्यारो गाेरेटाे मा पाइला चाल्न यसै यहाँ कहाँ सजिलो छ र
मन भन्छ यो स्वार्थी संसार हो यहाँ कसैको अाशा नगर
अाशा बिना नै जिन्दगी जिउँन यसै यहाँ कहाँ सजिलो छ र
दुनियाँ मा मानिस थरीथरी अनि फरक छन् अाफ्ना मै पनि
अाफ्ना काे पराइ काे हुन चिन्न यसै यहाँ कहाँ सजिलो छ र
दु:ख पाउँदा दु:खी हुनेहरु भन्दा रमाउने बढी हुन्छन्
दु:ख लुकाइ अरु सामु रमाउन यसै यहाँ कहाँ सजिलो छ र
अप्ठ्यारो गाेरेटाे मा पाइला चाल्न यसै यहाँ कहाँ सजिलो छ र।।