Sunday, November 14, 2021

जे गर्नु छ गरे हुन्छ!

मरिसकेको बिरुवा सम्झे उखालेर फाले हुन्छ
पैतालाको धुलाे ठाने बढारेर फाले हुन्छ!

माफी माग्ने धेरै छन् यहाँ मुखले झापड लगाएर
टुक्रिएकाे यो मुटु जाेड्न सके जाेडे हुन्छ!

म छु तिम्रो,म के त तेरो यस्ता मिठो शब्दहरु
घाम मा सुकाई  यी शब्दलाई अचारजस्तै गाले हुन्छ!

धेरै कुरा के भनु र "अा गर्दा अल्ङ्कार" बुझ्ने हरु
च्यात्तिएको मनको पर्दा सक्ने भए टाले हुन्छ!!

पहिलो प्रेम अनि अहिले याद।

आज धेरै पछि तिम्रो याद आयाे। हाम्रो मिठो सम्बन्ध काे याद आयाे। थाहा छ तिमी अहिले जीवनमा खुसी छौं,अहिले तिमी जहाँ रहनु खुसी रहनु। म पनि यहाँ ...