ठुलो ढुङ्गा ले थिचिएकाे जसरी
भारी छ जिन्दगी
पिनी बिना काे माछा झै
बेचैन छ जिन्दगी
माथि आकस मा गएर
चुडिएकाे चङ्गा जस्तै
अताल गहिराइमा पुगेर
दुघटित हुदै छ जिन्दगी।
फुल्दा फुल्दै काेपिलामै
झरेर ओइलिएकाे फुल जस्तो
ओइलिएकाे छ जिन्दगी
हरियाली जंगल डढाेलाे लागेर
उझाडिए झै
उझाड छ जिन्दगी
अचानाे जस्तै चाेट काे भारी
बाेकेर चाेटाीलाे छ जिन्दगी।
किनार ले पानी लाई भेट्न
छाल पर्खिए जस्तै
मृत्यु काे पर्खाइमा छ जिन्दगी।