Thursday, September 15, 2022

तिमी किन आयाैं

तिमी किन आयाैं
जब मैले तिम्रो प्रतीक्षा मा
संसार छाडिसके पछि
मलाई मठ मा सारीसकेपछि
मेरो शरीर माथि पहेँलो पित्तम्बर ले
ढाकीसके पछि
तिमी आयाैं।

किन आयाैं तिमी
तिम्रो प्रतीक्षा मा थाकेका
यी नयन हेर्न
तिम्रो दुई शब्द सुन्नका लागि
थाकेर बसेका यी कान हेर्न
या तिम्रो हात थाप्न काम्दै बसेका
यी हात हेर्न
तिम्रो प्रतीक्षा मै बसेका
मेरो निर्देष शरीर हेर्न
किन आयाैं।……………

म गइसके काे छु धेरै टाढा
तिम्रो कहिल्यै प्रतीक्षा नगर्ने गरि
सदासदा काे लागि……………………।

पहिलो प्रेम अनि अहिले याद।

आज धेरै पछि तिम्रो याद आयाे। हाम्रो मिठो सम्बन्ध काे याद आयाे। थाहा छ तिमी अहिले जीवनमा खुसी छौं,अहिले तिमी जहाँ रहनु खुसी रहनु। म पनि यहाँ ...