Thursday, November 13, 2025

एक्लै म

मेरो नि घर छ

परीवार छ

आफन्त छन्

साथी भाइ छन्

तर हिजोआज

म नितान्त एक्लो छु।

मलाई एक्लोपन देखि

डर लाग्न छाडिसक्याे

किनकि म सँग अरु उपाय छैन

सिवाय एक्लो रहनु काे………………………!

सानाे हुँदा पानी पर्दा डराएर

आमा काे काखमा लुट्पुटिने म

अहिले ठुलो पानी पर्दा,

हावाहुरी आउँदा

चट्याङ, गड्याङ्गगुरुङ्ग गर्दा

पनि डराउन छाडिसक्याे,

सायद

मन ले मनलाई बुझायो होला

भाे न डरा,

त सँग काे छ र

डर लाग्यो भन्न लाई………………?

चाडपर्व कहिले आउला भनेर

हातका औंंला गन्ने म

अहिले चाडपर्व नै

न आए जस्तो लाग्छ

चाडपर्व सुन्नसाथ अतास लाग्छ

म एक्लो ले

चाडपर्व कसरी मनाउनु………………?

खाना मिठो भएन भनेर

रात दिन झगडा गर्ने म

अहिले जे छ त्यहीँ खान्छु

जागर लागे पकाउछु खान्छु

तर

एक्लै के जागर लाग्छ र

मिठोमसिनो पकाएर खानलाई………………।

खै हिजोआज

शरीर पनि धेरै नि

बिमार रहने गरेको छ,

सायद शरीरले पनि

कसैको साथ खाेजेकाे हो कि……

तर कसलाई भनु कसलाई सुनाउ…………………?

घरका भित्ता मा टासिंएका

परिवारकाे फाेटा ले

परिवार काे याद,सम्झनाले सताउदा

लाग्छ सबैलाई बाेलाउ र भन्नु

मलाई नि सँगसँगै राख्नु……………………!

तर कसलाई भनु…………………………?

एक्लो म

हिजोआज हर तरफ बाट एक्लो छु

कहिलेकाही डर लाग्छ

म जिन्दगीभर नै एक्लो रहने त होइन ………?

एक्लै म

मेरो नि घर छ परीवार छ आफन्त छन् साथी भाइ छन् तर हिजोआज म नितान्त एक्लो छु। मलाई एक्लोपन देखि डर लाग्न छाडिसक्याे किनकि म सँग अरु उपाय छैन सि...