यात्रा
बिहानै 4 बजेकाे Alaram ले मलाई बिउझाईदियाे, उठेर फाेन हेरेकाे चार बजेकाे रहेछ। हतारहतार उठेर बाथरुम तिर लागे।
टेबल मा बेलुकी नै मिलाएर राखेको झाेला थियाे। चिया खादै रेडी हुँदै थिया!
अाज मेरो यात्रा थियो मेरो अाफ्नै जन्मथलो घर गाेरखा। 2076 फागुन 20 गते मेरो उदेश्य अाज मेरो घर थियोे। मलाई सन्चो थिएन हिजाे दिउँसै देखि तर खै मलाई सन्चो छैन भन्ने हेक्का नै रहेन कसरी हुन्थ्यो हेक्का नि अाज म घर जाे जाँदै छु। अक्सर घर जान भनेपछि मन हुरुक भएर अाउथ्याे।
हतारहतार रुम बाट निस्केर बसपार्क तिर लम्किएर बसपार्क पुग्दा लगभग छ साढे पाच भएकाे थियो मेरो गाडी छुट्ने समय "छ" बजेकाे थियो।
म बसपार्क मा गाडी कुरिरहे मेरा वरिपरि अाफ्नाे गन्तव्य भेटाउन सयौं यात्रीहरु थिए, प्रय सबैकाे अनुहारमा छुट्टै राैनक थियोे।
अचानक मलाई कसैले बाेलायाे "अाेई नानी" पछाडि फर्कर हेरेको गाउँ काे दाइ हुनुहदाे रछ। उहाँ गाडी चलाउनु हुन्छ भाग्यवस म जाने गाडी काे चालक दाइ अाफै हुनुहुदाेरछ।
दाइ सँगसँगै म नि गए गाडि तिर, म अाफ्नाे सिट मा गएर बसे तर प्रया प्यासेन्जर अाउन बाँकी नै थियो। दाइ उता कराँदै हुनुहुन्थ्यो सबै प्यासेन्जर टाइमा अाए पाे गाडी नि छिटै छुट्छ म भने मख्ख पर्दै माेबाईल चलाउदै कान मा ईएरफाेन लगाएर गित सुन्न थाले।
बिस्तारै प्यासेन्जर भरिन थाल्याे, म भने वरिपरि नजर डुलाउन थाल्या चिनेकाे काेहि छन् कि भनेर,प्रया घर जाने गाडी मा चिनेजानेका हुन्थ्यो तर काेहि चिरपरिचित अनुहार देखिन तर त्यहाँ थिए काेहि भरखरै बिहे गरेका कपल, काेहि उमेर पुगेका बुढा बाअामा, काेहि साथीहरु सँगसँगै गफ मा मस्त म जस्तै केटाकेटी अनि केही ससाना बच्चा हरु। त्यस बिच गन्तव्य भेटाउन यात्रारत म!
सबै सिट भरिसकेका थिए त मेरो सिट मा म मात्रै थिए, मलाई travel गर्न मन पर्छ, म अाफ्नै सुर मा गित सुन्दै फाेन चलाउदै थिया। गाडीमा मानिसहरु कराइरहेका थिए, हाँसिरहेका थिए।म पनि अाफ्नै सुर मा थिए। म झ्याल निरकाे सिट मा बसेकाे थिया। मलाई कसैले बाेलायाे "नानी म झ्याल निर बस्छु नि ल"। फर्कर हेर्दा एक जना मनिलाे अनुहार भएकी अान्टी हुनुहुदाे रछ मैले हस भनेर उहाँलाई त्यो सिट छाडिदिए।
अान्टी काे अनुहार हेर्दा यस्तो लाग्याे उहाँ रातभर नसुति राेएर अाउनु भएकाे हो,गाडी का सबै प्यासेेन्जर काे अनुहार हसिलाे थियो सबै हासिरहेका थिए तर उहाँ अान्टी मनिल अनुहार लिएर बसिराख्नुभएकाे थियाे । सबै प्यासेन्जर भरिएर गाडी हामीलाई हाम्रो गन्तव्य मा पुराउन हुईकियाे।
म चुपचाप गित सुनेर बसिरहे , झयाल नीर बस्नुभएकाे अान्टीलाई बाेलाउ बाेलाउ लाग्याे तर हिम्मत जुटेन। गाडी अाफ्नै रफ्तारमा थियो। मनमनले भनिरह्याे यो गाडीमा भएको सिट काे भाग्य पनि कस्तो काेहि उत्साह उल्लास मा काेहि मनभरि पीडा लिई यात्रा गरिरहेका।
चलाईराखेकाे फाेन गाेजीमा राखेर हिम्मत लिएर उहँलाई बाेलाए "अान्टी हुजुर कता पुग्ने? केही बेर पछि जवाफ अायाे "म गाेरखासम्म"। मैले हो र भनेर अनि फेरि अान्टी झ्याल नीर फर्कर बस्नु भयो, मैले भने फेरि "हजुरलाई सन्चाे छैन जस्तो छ नि?" , उहाँले भन्नू भयो "होइन ठिक छु!"
यो यात्रा नि अचम्म काे छ कहिलेकाही हाँसीहाँसी यात्रा गर्नुपर्छ त कहिले मन भारी बनाउदै, गाडी अाफ्नै रफ्तारमा बढिरहेकाे छ। बाहिर गाडी, बाईक,गुडिरहेका छन्। म साेच्दैछु अाखिर जिन्दगी नि यो बस जस्तै हो गन्तव्य नभेटुनजेल गुडिरहन्छ।
"तिमी कता पुग्ने नि?" अान्टीले साेध्नु भयो "म सिमलाफेद" मैले भने।हाम्रो कुराकानी सुरु भाे। उहाँकाे मन भारि थियो, मनभरि पीडा थिए, सजिलै अनुमान लगाउन सकिन्थ्यो। अान्टी केही भन्नू खाेज्दै हुनुहुन्थ्यो तर सक्नुभएकाे थिएन।
मैले फेरि साेध्या "यता कता बस्नुहुन्छ नि हजुर?" उहाँले भन्नुभयो "नेपालटार"? फेरि भन्या सन्चो छैन जस्तो छ तपाईंलाई यस्तो अवस्था मा किन जान लाउनु भएको त? उहाँ चुपचाप झ्यालतिर हेरिराख्नु भयो।गाडी अाफ्नै रफ्तारमा धार्के कटिसकेकाे थियोे।
केही बेर पछि "उहाँले भन्नुभयाे "हिजाेबेलुकि मेरो सासू अामा खस्नु भएछ त्यहि भएर जान लागेको गाउँ"। उहाँकाे नयन भरि अाशु थियो। त्यो देख्दा बेकार साेधेछु जस्तो लाग्याे। किन साेध्नु परेकाे होला जान्ने भएर यसैयसै मनमनै अाफैलाई गालि गरिहे।
फेरि उहाँलाई सान्त्वना दिदै भने "अान्टी दुखी नहुनुहाेस् एकदिन सबैलाई यो संसार छाडेर जानै छ,अाफ्नाे मन बुझाउनुहाेस् अान्टी।मृत्यु लाई टाल्न सकिन्न अब राेएर केही हुदैन दुखी मन नबनाउनुस् अान्टी" म यसाे भन्दै गर्दा अान्टी ले भन्नूभयो "हो नि हुन त तर पनि मन बुझ्दैन रछ मेरो श्रिमान खसेपछि त्यो घरमा सिर्फ साहार उहाँ नै हुनुहुन्थ्यो, अहिलेसम्म घर उहाँ भएर छ जस्तो लाग्या थियाे, श्रीमान खसेपछि उहाँले हामीलाई सम्हाल्नु भएको थियो अब उहाँ नै हुनुहुन्न भन्दा मन नमान्ने रछ नानी" । मैल भने "अान्टी दुख नमान्नु यस्तै छ संसार"। गफ गर्दागर्दै गाडी खाजा खान राेकियाे। म झरे उहाँ झर्न मान्नु भएन।
केही बेर पछि गाडी फेरि अाफ्नाे गन्तव्य तिर हुईकियाे। उहाँ मनिलाे अनुहार लगाउदै चुपचाप बसिरहनुभयाे।
"अान्टी संसारकाे नियम यस्तै छ अब मरेकाे मान्छेलाई सम्झिएर हामीले केबल पाउने पीडा हो अान्टी खाफुलाई सम्हाल्नुहाेस, मनलाई कठाेर बनाउनुहाेस्"। मैले यसाे भनिरहदा उहाँले भन्नुभयो "हो नानी हुन त तर मन न रहेछ के गर्नु"। यति भन्दै अान्टी फेरि झ्याल तिर फर्कनु भयो।
म मनमै अनेक साेच्न थाले यतिकैमा बस बिहानकाे साढे नाै बजे गाेरखा अाईपुग्याे, उहाँले झर्दै "ल राम्रोसँग जाउँ "भन्नू भयो मैले पनि "हजुर पनि राम्रोसँग जानू अाफ्नाे ख्याल राख्नु अान्टी"। भने उहाँ झर्नु भयाे र उहाँलाई मैले मेरो अाखाले भ्याउनुजेल हेरिराख्या।
फेरि मेरो मन मा अनेकौं कुरा खेल्न थाल्याे मनमन ले भन्याे कस्तो अचम्म यात्रा रह्याे अाज अन्जान मान्छेको पीडा पनि अाफ्नै लाग्याे। फेरि मन ले भन्याे यहि यात्रा मा काेहि भरखरै बिहे गरेको खुसीयालिमा यात्रा गर्दैछन्, काेहि केटाकेटी रमाइलो घुम्मघामकाे लागि यात्रारत छन्, छन त सबै अाफ्नाे गन्तव्य भेटाउनकै लागि यात्रा गर्दै छन्।
अाखिर जिन्दगी एक यात्रा न हाे जस्तोसुकै परिस्थिति मा पनि यात्रा गरिराख्नुपर्ने।
यस्तै यस्तै कुरा खेल्दैै थिए मन मा यतिबेला दिउँसो काे साढे दुई बजेकाे थिए मेेेेेराे घर अाईपुग्याे र म दाइ लाई गई दाइ भनी घर तिर लम्किए!!