स्कुले याद!!
लाईन मा बस्दा(एसेम्ली)
अगाडि बस्नुपर्ने डरले
स्कुल ढिला पुग्ने ती दिन
बेन्चमा बस्दा म कुना मा बस्छु,
म छेउ मा बस्दिन भन्ने हानथाप
अाेई होमवर्क गरिस
अाेई हाेमवर्क सारुन ले ती कुरा
हाेमवर्क नगरि जादा सरमिसले
एक घन्टासम्म उभिराखिएकाे पल
साथीलाई साेध्दा अाफुले सिकाइदिएर
कुटाइ खाएको क्षण
सरमिस नअाउदा त्यो खाली पिरेडमा
स्कुल नै हल्लने गरि गरिएको हल्लाहरु
हल्ला गर्दैगर्दा सरमिसले पिट्नु भएकाे याद
कक्षामा पढाउँदै गर्दा
लुकीलुकी गफ गर्नुकाे त्यो मजा
अाेई त सँग दुईवटा डटपेन छ
भनी साथी सँग खुसुक्क मागेका दिन
साथी स्कुल नअाउदा
सरले नथापाउने गरि
उसको हाजिरी लगाएको
कहिले होला पिसाब छुट्टी
कहिले होला खाजा खाने छुट्टी
कक्षा बाट बाहिर निस्कने त्यो हतार
खाजा खान जाम भनी
स्कुल मुनिका पसलमा
लुकीलुकी खाएकाे चाउचाउ
चाउचाउ काे नुन किताबका
पानामा राखि लुकीलुकी खाएकाे याद
साथीहरूले ल्याएको नुन खुर्सानी
अनि अाप,अारु,अालुचा हानथाप गरि खाएको
स्कुलबाट भागीभागी अाप चाेर्न गएकाे
खाजा खाने बेलामा घर भागेकाे
फलानो सँग नबाेल हई
त नि म बाेलेकाे छैन त्यो नादानी
त्यो बालपन त्यो रमाइलो
ती साथीहरू ती यादहरु
ती झगडा,ती मेलमिलाप
ती पल ती क्षण
नफर्कने ती दिनहरु
साँच्चिकै यादगार छ!!
मुटुभरि याद अनि मिठाे सम्झना
मेरा प्यारा स्कुले साथीहरू😘
📝- जयान्ती खनाल
(2077/01/07)
No comments:
Post a Comment