Tuesday, May 19, 2020

काेराेनाकाे डर अनि गाउँघरमा फर्किएको खुसि

काेराेना काे डर त्रस काे बाबजुद पनि
बुढा बा बुढी अामा का मुहारमा
हिजोआज अलिकति भन्ने नि खुसी छाएको छ
अाफ्ना नातिनातिना खेलाउने रहर मारेका
बुढा बा अनि बुढी अामा काे काेखमा
हिजोआज नातिनातिना खेलिरहेका छन्
बिगत पाँच छ बर्ष देखि
सुनसान यि गाँउघरमा
हिजोआज केही चहलपहल देखिन्छ
बच्चाबच्चीहरु खेलेको देखिन्छ
युवाहरु भेला भएर गफ गरेको देखिन्छ
बर्षाै देखि बाँझिएका
बाँझाे त्यो बारी अनि बाँझा ति खेत
हिजोआज बाँझो रहेन्न्
ती गराका काल्लाहरु
अनि खेतका अालिहरु
अाजकल खुसीले गदगद छन्
हो पक्कै अलिकति खुसी त दिएकाे छ
परिवर केही मिलेको छ
अाफ्नै गाउँमा मा मेहनत काे
पसिना बग्न थालेको छ
बर्षाै देखि बेखबर दाजुभाईकाे
अहिले काधमा काध मिलेको छ
गाउँघरमा अलिकति खुसी फर्किएको छ!
तर यो काेराेनाकाे डर त्रस उस्तै छ
छिट्टै यो डर त्रस हटिदिए पनि
अझै बढी खुसी मिल्थाे कि!!

No comments:

Post a Comment

पहिलो प्रेम अनि अहिले याद।

आज धेरै पछि तिम्रो याद आयाे। हाम्रो मिठो सम्बन्ध काे याद आयाे। थाहा छ तिमी अहिले जीवनमा खुसी छौं,अहिले तिमी जहाँ रहनु खुसी रहनु। म पनि यहाँ ...