Thursday, July 2, 2020

अात्महत्या

आत्महत्या!!


मान्छे केबल एक बार जन्मिन्छ एक बार मर्छ! जिन्दगी अमुल्य छ। जन्म भगवान काे देन हो अनि अात्महत्या मान्छे स्वयम् ले छानेकाे मृत्युु काे बाटो!!

साेच्नुस् तपाईंको अहिले काे जिन्दगी कति महत्त्वपूर्ण छ, अनि साेच्नुस् तपाईं मर्नु भयो भने यो जिन्दगी जिउँने साैभाग्य पाउनु हुन्छ अह पाउनु हुन्न!!

जिन्दगी मा अाईपरेका पिडा बाट हार खाएर अाफ्नाे अमुल्य जीवन त्याग गर्नु के उचित होला? जिन्दगी मा खाएका चाेट ले गल्नु सहि होला?

भन्छन् सुख र दुख जिन्दगी का दुई पाटा हुन। एक पछि अर्को अाईरहन्छ, तर दुख पीडा मात्रै देखेर बर्तमान मात्रै सम्झेर अाउने दिन याद नगरेर मृत्यु लाई अगाल्नु के सहि होला?

एकपटक साेच्नुस् त तपाईं जन्मिदा तपाईं कि अामा काे अनुहारमा खुसीको त्यो अाशु,तपाईंको बुबा ले तपाईंलाई मान्नु  भएको बुढेसकालकाे सहारा। के अामा बुबालाई पीडा दिदै तपाईं टाढा जानू यो ठिक होला।

तपाईं पिडामा हुनुहुन्छ जिन्दगी देखि, तपाईं बेचैन हुनुहुन्छ असफल देखि,तपाईं छट्पटिनु भएको छ अाफ्ना काे व्यवहार देखि, तपाईं हरेस खादै हुनुहुन्छ वर्तमान देखि,तपाईं विचलित हुनुभएको छ गन्तव्य काे बाटोमा लागेको तुयालाे देखि।

तर किन यो सम्झनु भएन पीडा पछि खुसी अाउछ, असफल ले सफलता दिन्छ, अाफ्ना मा पनि अाफ्ना हुन्छन्, वर्तमान भन्दा पछि भविष्य छ, अनि सदबै बाटो मा तुयालाे हुदैन घमाईलाे घाम पनि लाग्छ के यो सम्झने तपाईं सँग समय भएन र?

समय पक्कै पनि थियो तर सम्झने जरुरी सम्झनु भएन या भनु तपाईंको सम्झना मा केबल पीडा अनि दुख अाईरह्याे। तपाईंलाई केबल असफल अनि बेचैनी ले बेचैन गरायाे अनि भुल्नु भयो अरु पनि छन् जिन्दगी मा विकल्प हरु।अनि मात्रै राेज्नु भयाे जीवन समाप्त काे बाटो।

हो म तपाईंलाई साेध्दै छु जसले अन्तिम फैसला गरेर यो अमुल्य जीवन सदाकाे लागि त्याग गर्न खाेज्दै छ, उसलाई साेध्दै छु जसले सिर्फ पीडा देख्छ अहिले काे समयकाे। जसले परिवार साेच्दैन ती बुढा बढी भएका अामाबुबा देख्दैन,मायागर्ने साथी भाइ साेच्दैन, सारा दुनियाँ भुलेर पीडा दुख सम्झेर जिन्दगी देखि टाढा जान खाेज्दै छ हो उसैलाई साेध्दै छु।

झसङ्ग झस्कन्छु म अात्महत्या सम्झेर अहाे कति कालिलाग्दाे मृत्यु। कताबाट अाउछ यस्तो हिम्मत म अाफै डराए।

हुन त यो कठाेर मृत्यु कसले चाहान्छ र मन मुटु ढुङ्गा बनाएर सजिलै मृत्यु काे मुखमा काे जान चाहान्छ र। केही पीडा नभई केही दुख नभई यसै काेहि मर्दैन। जानीजानी परिवर छाडेर काे जान्छ। तर मृत्यु काे मुख मा पुग्ने ले मलाई लाग्दैन अरुलाई साेच्छ उसले केबल अाफु देख्छ केबल अाफ्नाे पीडा।

तर पीडा अनि दुख छ भनेर मर्नु यो अमुल्य जीवन सरासर त्यग्नु राम्रो होइन। दुख छ पीडा छ के यसको समधान खाेज्न सकिन्न र अवश्य सकिन्छ, हजारौं विकल्प हुन्छन् नि।

अात्महत्या होइन अात्मा मुल्यांकन गर्याै तपाईंको अाफ्नाे कम्जोरी लाई सुधारेर त्यो कम्जोरी लाई बलिये पक्ष बनाउ। जिन्दगी मा अाईपरेका बाधा अड्चना सँग लडेर खुसी ल्याउने प्रयत्न गर्याैं। जिन्दगी देखि हरेस खाने होइन हिम्मत लिने गर्याै। जिन्दगीलाई साघुराे कुवा जस्तो होइन कि फराकिलो सागर बनाउँ।

हो एक न एक दिन अवश्य सफल हुनेछौं। असफलतालाई उछिनेर सफलताको बाटाे हिड्ने छाैं। याद राख्नुहाे अात्महत्या नै जिन्दगीको अन्तिम विकल्प कहिल्यै हुने छैन।।

#Don'tcommit_suicide_do_self_assessment
#Sucide_is_not_a_solution

📝Jayanti khanal

2 comments:

पहिलो प्रेम अनि अहिले याद।

आज धेरै पछि तिम्रो याद आयाे। हाम्रो मिठो सम्बन्ध काे याद आयाे। थाहा छ तिमी अहिले जीवनमा खुसी छौं,अहिले तिमी जहाँ रहनु खुसी रहनु। म पनि यहाँ ...