Saturday, August 29, 2020

रहर जहाँ तिमी

तिमीलाई भेटेपछि
तिमीलाई देखेपछि
फेरि एउटा रहर थपियाे "तिमी"
फेरि एउटा चाहाना थपियो "तिमी"!

तर डर छ कतै यो रहर
कतै यो चाहाना
कतै यो ईच्छा
अरु रहरहरु जस्तै
तुहिने त होइन
यो रहर फुलाउदा फुलाउदै
नफक्रि अाेईलिने त होइन!

झसङ्ग झस्कन्छु रहर देखि
अातिन्छु विगत देखि
डराउछु भविष्य देखि
अनि फेरि सम्झन्छु मेरो रहर
बनाउने तिमीलाई अाफ्नाे
अनि फेरि सम्झन्छु सपना
तिमी सँग बिताउने जीवन
फेरि डर लाग्छ कतै रहर
रहर मै बिलाउने त होइन !

अनि फेरि तिमी सम्झन्छु
तिम्रो म प्रतिकाे माया
तिम्रो म प्रतिकाे त्यो विश्वास
हाम्रो माया हाम्रो सम्बन्ध
हाम्रो एक हुने प्रण
अनि फेरि विगत भुल्छु
अनि रमाउछु वर्तमान।
जहाँ तिमी छउँ
तिम्रो अटुट माया छ।

कदापि अधुरो बनाउने छैन
यो रहरलाई यो सपनालाई
जुन रहर मा तिमी छउ
तिम्राे माया छ तिम्रो साथ छ
कदापि तुहिन दिने छैन
मलजल गरि यो रहरलाई
फुलाउने छु फक्राउने छु
अनि एउटा सुन्दर फुल बनाउने छु!

हो पक्का यो रहर यो सपना
तिमीलाई पाउने
तिमीलाई अाफ्नाे बनाउने
पूरा गर्ने छु!!

📝 जयान्ती खनाल।

बुबा

हो बुबा म तपाईं जस्तो
सहनशील छैन
तपाईं जस्तो जिम्मेवारी छैन
तपाईं जस्तो महान छैन
तपाईं मा भएको
दुख लुकाउने कला म मा छैन
तपाईं जस्तो दयालु म छैन

तर बुबा म हजुर जस्तो
बन्न हरदम प्रयासरत छु
तपाईंले देखाउनु भएको
सत्य काे बाटो मैले बिर्सीएकि छैन
तपाईंकाे मार्गदर्शक मैले भुलेेेेकि छैन

बुबा कहिलेकाही बाटो बिराए होला
तर अह कहिल्यै त्यो बाटो भुलीन
  जुन बाटोमा तपाईं ले हिड्न सिकाउनु भाे

बुबा संसारकै असल छाेरी त बन्न नसकुला
   तर हजुरकाे असरल छाेरी पक्कै बन्ने छु!!


📝 जयान्ती खनाल

   

Wednesday, August 19, 2020

तिमी र म

तिमी म सँगसँगै हिड्नु पर्छ भन्ने छैन
मेरो पाइला भन्दा दुई पाइला अगि हुनु,

मेरो हात समातेर यात्रा गराउँ म भन्दिनँ
तर म लड्न खाेज्दा मेरो हात थामिदिनु,

म रुदा सँगसँगै रुनुपर्छ म भन्दिन
तर म रुदा अाशु पुछ्ने रुमाल दिनु,

म दु:खी हुँदा तिमी दुःखी नहुनु तर
मेरो काधमा हात राखेर म छु नि भनिदिनु,

म खुसी हुँदा, म रमाउदा, म हाँस्दा
तिमी पनि सँगसँगै रमाउनु,

अलि अल्छी छु खाना पकाउन म
तिमी नरिसाइ कहिलेकाही
खाना पकाईदिनु,

काम बाट थकित अनुहार लिएर अाउँदा
कहिलेकाही अारम गर्न
मलाई तिम्रो काख दिनु,

होलान् केही कुरा मा हाम्रो मनमुटाव
यसलाई परालकाे अागाे सम्झी भुलाईदिनु,

होलान् म बाट केही गल्ती,केही भुल
तर तिमी मलाई सम्झाइ बुझाई माफ गरिदिनु,

कहिलेकाही म छिट्टै रिसाउछु
तर यो रिसलाई दिलमा नलिगिदिनु,

हरेक पल मलाई साथ दिनुपर्छ म भन्दिन
तर जिन्दगीभर मेरो साथ नछाड्नु!

म सँगसँगै मर्न त कालले नदेला
तर म बाच्नुजेल म सँगसँगै जिउनु।

थाहा त मलाई
तिमी अधिक प्रेम गर्छाै
ख्याल गर्छौं
हो
सधैं यसरी नै प्रेम गरिराख्नु।

📝 जयान्ती खनाल

पहिलो प्रेम अनि अहिले याद।

आज धेरै पछि तिम्रो याद आयाे। हाम्रो मिठो सम्बन्ध काे याद आयाे। थाहा छ तिमी अहिले जीवनमा खुसी छौं,अहिले तिमी जहाँ रहनु खुसी रहनु। म पनि यहाँ ...