Saturday, August 29, 2020

रहर जहाँ तिमी

तिमीलाई भेटेपछि
तिमीलाई देखेपछि
फेरि एउटा रहर थपियाे "तिमी"
फेरि एउटा चाहाना थपियो "तिमी"!

तर डर छ कतै यो रहर
कतै यो चाहाना
कतै यो ईच्छा
अरु रहरहरु जस्तै
तुहिने त होइन
यो रहर फुलाउदा फुलाउदै
नफक्रि अाेईलिने त होइन!

झसङ्ग झस्कन्छु रहर देखि
अातिन्छु विगत देखि
डराउछु भविष्य देखि
अनि फेरि सम्झन्छु मेरो रहर
बनाउने तिमीलाई अाफ्नाे
अनि फेरि सम्झन्छु सपना
तिमी सँग बिताउने जीवन
फेरि डर लाग्छ कतै रहर
रहर मै बिलाउने त होइन !

अनि फेरि तिमी सम्झन्छु
तिम्रो म प्रतिकाे माया
तिम्रो म प्रतिकाे त्यो विश्वास
हाम्रो माया हाम्रो सम्बन्ध
हाम्रो एक हुने प्रण
अनि फेरि विगत भुल्छु
अनि रमाउछु वर्तमान।
जहाँ तिमी छउँ
तिम्रो अटुट माया छ।

कदापि अधुरो बनाउने छैन
यो रहरलाई यो सपनालाई
जुन रहर मा तिमी छउ
तिम्राे माया छ तिम्रो साथ छ
कदापि तुहिन दिने छैन
मलजल गरि यो रहरलाई
फुलाउने छु फक्राउने छु
अनि एउटा सुन्दर फुल बनाउने छु!

हो पक्का यो रहर यो सपना
तिमीलाई पाउने
तिमीलाई अाफ्नाे बनाउने
पूरा गर्ने छु!!

📝 जयान्ती खनाल।

No comments:

Post a Comment

पहिलो प्रेम अनि अहिले याद।

आज धेरै पछि तिम्रो याद आयाे। हाम्रो मिठो सम्बन्ध काे याद आयाे। थाहा छ तिमी अहिले जीवनमा खुसी छौं,अहिले तिमी जहाँ रहनु खुसी रहनु। म पनि यहाँ ...