Thursday, May 27, 2021

अन्जान फाेन कल


सदा झै बेलुकी काे खाना खाएर अफिस काे काम गर्दै थिया, बेलुका काे करिब 9 बजेको थियाे। म अाफ्नै काममा ब्यस्त थिया अचानको फाेन बज्याे। उठेर उता अाेछ्यान मा रहेको फेन तिर लागे। अन्जान फाेन नम्बर थियो। मैले त्यो फाेन कल उठाइन यतिकै छाडिदिए।

फेरि एकछिन मै फेरि फाेन बज्याे उहीँ नम्बर रहेछ, काे रहेछ यतिबेला फाेन गर्ने फेरि नचिनेको नम्बर छ मनमनै भने। चिनेको मान्छेले नै हो कि भनेर उठाई फाेन, मैले ह्यालाे भन्न नपाउदै उताबाट "कता छेस त फाेन किन नउठाएकाे परेको बेलामा किन उठाउछस् र फाेन" यस्तो कुरा सुने बाेल्ने मानिस अन्जान काे थियोे खै,मैले फेरि हजुर भने ,उताबाट फेरि  अावज अायाे "मलाई ईमर्जेन्सी पर्याै यो नम्बर मा दुई सय रुपियाँ हाल्दिहाल त अरु कुरा म तलाई पछि भन्छु" यति भनेर फाेन काट्याे।

म साेचमग्न भए स्वर केटा मान्छेको थियो। हैन स्वर पनि चिनेको मान्छेको हैन फेरि काे रहेछ मनमनै साेचे। यताउता केटा साथी सम्झे काेहि काे स्वर हो जस्तो लागेन। फेरि अाफैले अाफैलाई भने ईमर्जेन्सी पर्याै भनेर हड्बडाउदै भनेको छ दुई सय रुपैयाँ त हो नि अन्जान नै ठिक हाल्दिन्छु भने। र त्यहि नम्बर मा दुई सय हाल्दिए। ठिकै छ जाेसुकैहाेस अापत मा चिनेको र नचिनेको हुदैन यहि भन्दै फेरि काम गर्न तिर लागे।

भेलीपल्ट बिहान उठे खाना बनाएर खाएर अफिस जान लाग्दै थिया,फेन मा म्यासेज अायाे, ह्या हाेस अहिले त्यहीँ NCELL काे त होला यहि भन्दै तयार हुन लागे। केही बेर मा फाेन हेरे म्यासेज त्यहीँ अन्जान नम्बरकाे रहेछ "Sorry ल मै हिजो बेलुकी बहिनीलाई भनेर गरेकाे हजुरकाे नम्बर परेछ हतारमा थिया त्यसैले याद नै गरिन छु मलाई माफ गर्नु होला" यहि म्यासेज थियाे।

त्यो म्यासेज रिप्लाई दिउँ कि न दिउँ भए,अनि रिप्लाई दिए ठिकै छ केही छैन कहिलेकाहीँ यस्तै हुन्छ" यति भनेर सेन्ट गरिदिए। तर खै किन मलाई हास्न मन लाग्याे। फेरि केही बेर मै फाेन मा म्यासेज अायाे यसाे हेरेकाे रिचार्ज भएको रहेछ उहीँ नम्बर बाट दुई सय नै रिचार्ज गरिदिएको म्यासेज रहेछ।

एकछिन फेरि त्यहि नम्बर बाट फाेन अायाे, मैले उठाए, "ह्यालाे" भने उताबाट अन्जान मान्छे हाँस्दै "सरी ल" भन्याे, मैले ठिकै छ केही छैन भने, फेरि उसले हाँस्दै "मैले पनि ब्याक गरेको छु ल" भन्याे, मैले "किन गर्नुपर्थियाे त" भने। त्यसपछि यताउता नाम घर साेध्याे उसले मैले सबै भनिदिए। उसकाे साेध्या उसले भन्याे पनि सबै  परिचय दियो। पढाइ, काम यस्तै यस््तै कुुुुरा भएको केही बेर पछि फाेन राखे।

बाठी भएर नाम किन भन्नुपरेकाे, अन्जान मान्छे लाई किन अाफ्नाे परिचय दिनुपरेको, यस्तै यस्तै साेचिरहे। फेरि अाफैले अाफैलाई भने सबै अन्जान मान्छे खराब कहाँ हुन्छन् भन्ने छ र।एक्लै बरबाउदै अफिस तिर लागे।

त्यसको दुई तीन दिन पछि उहीँ अन्जान नम्बर बाट "सन्चै हुनुहुन्छ खाना खानु भयो"भन्ने म्यासेज अायाे। मैले पनि "ठिक छु,तपाईं नि" भनेर रिप्लाई दिए। यसरी नै कहिले म्यासेज कहिले फाेन मा हाम्रो कुराकानी बढ्न थाल्याे। सधैं जसाे कुरा हुन थाल्यो पछि हाम्रो निकटदा बढ्दै गयाे। हामी सामाजिक संजाल मा पनि जाेडिएका छाै अहिले हामी असल साथी बनेका छाैं।

उसले धेरै कुरा हरु सेयर गरिरहेकाे हुन्छ म पनि धेरै कुरा हरु भनिरहेको हुन्छु, कहिले उ जिन्दगी का संघर्षका कुरा सुनाउँछ कहिले उसको प्रेमिका का मिठा कुरा। कहिलेकाही म सुनाउछु मेरो दुख का कुरा पीडा का कुरा।

मैले काेहि अन्जान सँग यसरी नजिक हुन्थ्यो जस्तो लाग्दैन थियो। हामी अन्जान बनेर कुरा भएको नि एक बर्ष भएछ।
उहीँ अन्जान मान्छे अहिले असल साथी भएको छ। सबै अन्जान मान्छे कहाँ खराब हुन्छन् र। साथी भनेको देखेको भेटको नै हुनुपर्छ भन्ने हुदैन र छ।

कहिलेकाहीँ मनमनै यहि साेच्दै मुस्कुराउछु "दुुई सय सापटी मा नै एक असल साथी पाइदाेरहेछ"।

Tuesday, May 18, 2021

तिमी हुनु काे त्यो बानी

सबेरै जब सम्म
तिम्रो गुड मर्निङ
म्यासेज अाँदैन थियो
मलाई सबेरै भएको
अनुभुती हुदैन थियोे
तिम्रो गुड मर्निङ म्यासेज सँगसँगै
मेरो बिहान काे
सुरुवात हुदैन थियो।
खै यो माया थियो या
तिम्रो बानी!

तिमीले साेध्नु अगि
अरुले सन्चै छउँ भनेर साेध्दा
उम भनेर छाडिदिन्थे
जब तिमीले साेध्न छाडेउँ
अरुले पनि साेध्न छाडिदिए
खै यो माया हो
कि मेरो नछुटेकाे बानी।

भिडभाड मा हिड्दा
तिम्रो हात समातेर
हिड्दा पनि हामी
एक्लै छउँ जस्तो लाग्थ्यो
जब समात्ने तिम्रो हात छुट्याे
अहिले एकान्त पनि
भिडभाड लाग्छ मलाई
खै यो पागलपन हो कि
मेरो नादान पन।

हो मैले अब
तिम्रो बानी हटाउनु छ
आफैंलाई अाफु बनाउनु छ
हरेक ढल्कदाे रात
नयाँ बिहान ल्याए झै
अब मैले पनि नयाँ
जिन्दगी ल्याउनु छ।
तिम्रो हुनु काे
त्यो बानी छुटाउनु छ।



पहिलो प्रेम अनि अहिले याद।

आज धेरै पछि तिम्रो याद आयाे। हाम्रो मिठो सम्बन्ध काे याद आयाे। थाहा छ तिमी अहिले जीवनमा खुसी छौं,अहिले तिमी जहाँ रहनु खुसी रहनु। म पनि यहाँ ...