Tuesday, May 18, 2021

तिमी हुनु काे त्यो बानी

सबेरै जब सम्म
तिम्रो गुड मर्निङ
म्यासेज अाँदैन थियो
मलाई सबेरै भएको
अनुभुती हुदैन थियोे
तिम्रो गुड मर्निङ म्यासेज सँगसँगै
मेरो बिहान काे
सुरुवात हुदैन थियो।
खै यो माया थियो या
तिम्रो बानी!

तिमीले साेध्नु अगि
अरुले सन्चै छउँ भनेर साेध्दा
उम भनेर छाडिदिन्थे
जब तिमीले साेध्न छाडेउँ
अरुले पनि साेध्न छाडिदिए
खै यो माया हो
कि मेरो नछुटेकाे बानी।

भिडभाड मा हिड्दा
तिम्रो हात समातेर
हिड्दा पनि हामी
एक्लै छउँ जस्तो लाग्थ्यो
जब समात्ने तिम्रो हात छुट्याे
अहिले एकान्त पनि
भिडभाड लाग्छ मलाई
खै यो पागलपन हो कि
मेरो नादान पन।

हो मैले अब
तिम्रो बानी हटाउनु छ
आफैंलाई अाफु बनाउनु छ
हरेक ढल्कदाे रात
नयाँ बिहान ल्याए झै
अब मैले पनि नयाँ
जिन्दगी ल्याउनु छ।
तिम्रो हुनु काे
त्यो बानी छुटाउनु छ।



No comments:

Post a Comment

पहिलो प्रेम अनि अहिले याद।

आज धेरै पछि तिम्रो याद आयाे। हाम्रो मिठो सम्बन्ध काे याद आयाे। थाहा छ तिमी अहिले जीवनमा खुसी छौं,अहिले तिमी जहाँ रहनु खुसी रहनु। म पनि यहाँ ...