Monday, March 7, 2022

खै यो जिन्दगी कस्तो कस्तो

यो जिन्दगी
ठूलो ढुङ्गा ले
थिचिएकाे जस्तो
घनघाेर जंगलमा
एक्लै हराएको जस्ताे
सास राेएकिए जस्तो
बन्द काेठामा
निशासिएकाे जस्तो
खै यो जिन्दगी कस्तो कस्तो!!

यो जिन्दगी
घरिघरि लाग्छ
सुन्दर फुल हाे
तर
पानी नपाएर
ओइलिएकाे बाेट जस्तो
फुल्दा फुल्दै मलजल नपुगेर
मरेकाे बाेट जस्तो
खै यो जिन्दगी कस्तो कस्तो !!

No comments:

Post a Comment

एक्लै म

मेरो नि घर छ परीवार छ आफन्त छन् साथी भाइ छन् तर हिजोआज म नितान्त एक्लो छु। मलाई एक्लोपन देखि डर लाग्न छाडिसक्याे किनकि म सँग अरु उपाय छैन सि...