Friday, December 30, 2022

"आउन अब तिम्रो याद"


थाहा छ तिमीलाई
हिजोआज मलाई
तिम्रो याद आउँदैन
या भनुम हिजोआज
म तिमीलाई सम्झिन्न…
तर कहिलेकाहीँ अचानक
फेसबुक,टुइटर का भित्तामा
तिम्रो नाम गरेको
काेहि मान्छे देखि भने
कहिलेकाही बाटोमा
प्रेमिल जाेडि देखि भने
तब तिमीलाई सम्झन्छु
कहिलेकाहीँ साथीहरु बिच
कसैले तिम्रो नाम लिदा
कहिलेकाही घरमा
मेरो बिबाह काे चर्चा हुँदा
कहिलेकाहीँ घन्टौंसम्म
एक्लै बस्दा
तब म
तिमीलाई साम्झन्छु.
अचानक कसैले
बिर्सन त कहाँ दिन्छन र
यो दुनियाँले
तैपनि बिर्सदै छु.
अह मलाई अब 
तिम्रो याद आउँदैन।

No comments:

Post a Comment

एक्लै म

मेरो नि घर छ परीवार छ आफन्त छन् साथी भाइ छन् तर हिजोआज म नितान्त एक्लो छु। मलाई एक्लोपन देखि डर लाग्न छाडिसक्याे किनकि म सँग अरु उपाय छैन सि...