Tuesday, June 11, 2024

घाम अनि जिन्दगी

यो अस्ताउदाे घाम
सँगसँगै अस्ताएका
मन का हजारौं 
ईच्छा चाहाना र सपनाहरु
के भोलि घाम उदाए सँगसँगै 
उदाउलान् र………………?
हुन त फेरि भाेली 
नयाँ बिहान लिएर
नयाँ सुनौलो दिन लिएर
उदाउने यी घाम सँगसँगै 
मेरा सपना, चाहानाहरुले पनि
नयाँ आशा लिएर 
उदाउछन् कि
यो पटक पूरा हुने गरि………………।

No comments:

Post a Comment

एक्लै म

मेरो नि घर छ परीवार छ आफन्त छन् साथी भाइ छन् तर हिजोआज म नितान्त एक्लो छु। मलाई एक्लोपन देखि डर लाग्न छाडिसक्याे किनकि म सँग अरु उपाय छैन सि...