छरिएर बसेका मन मा केही छुटेफुटेका दुई चार शब्द लेख्ने हिम्मत जुटाएकि छु, मेरो लेखाइ तितो छ,शब्द मिलाउन अाउदैन, तर लेख्न लाग्दाकाे खुसी गुलियो छ!!
अाज अाफुलाई खाेज्दै छु, अाफ्नाे पहिचान र अाफु भित्री काे म लाई!!
कहाँ बाट सुरु गरु लेख्न,
छरिएका बेदनाहरु, बहकिएका शब्दहरु, झरेका अाशुका थाेपाका पिडाहरु ,कहिलेकाही झरेका खुसी का अाशुका केही ढिक्काहरु, अनि अाफै भित्र खाेजी रहेकि म काे म का पहिचानहरु!
अझै के पाए बाट गरु या के गुमाए बाट गरु।
म अाफै अाफैलाई चिन्न धेरै बर्षैं लागेको छ, अझैसम्म चिन्न सकेको छैन , राम्रोसँग बुझ्न सकेको छैन जति चिने अाफुलाई अहिले लाई काफि छ,म अाफुलाई चिन्न विवस पारिदिएकाे मा उसलाई धन्यवाद !!
अाफुले अाफैलाई, भुलेर म अन्तै हराउदै थिया, अाफुलाई बिर्षिएर,अाफुलाई पछारेर अाफुलाई गुमाएर कसैलाई पाउनका निमित्त या कसैको खुसी का निमित्त दाैडदै थिया!
हो यहि नै मेरो सबैभन्दा ठुलो भुल हो !! यो अहिले बुझ्दै छु!! र यसलाई सुधार्न प्रयास गर्दै छु!
मेरो प्रेम त्यो पनि पहिलाे!
हिजोआज काे कसको प्रेम मा रहदैन र??
अक्सर पहिलो प्रेम अमुल्य हुन्छ,प्यारो लाग्छ, मलाई नि त्यस्तै भयो!!
प्यारो लाग्न थाल्याे, गुमाउछु कि भन्ने डर बस्याे,उसको मन दुख्छ कि भन्ने चिन्ता लाग्न थाल्याे!!मलाई उ प्यारो लाग्थ्यो, उसको हरेक कुरा।
अाफ्नाे मन दुखाएर उसलाई खुसी बनाउन प्रयत्न गरे अह तर सकिन, अाखिर सधैं खुसि बनाउन कहाँ सकिदाे रहेछ र!
उसलाई अथाह प्रेम दिए, भरपुर विश्वास दिलाए,
भन्छन् नि प्रेम मा मान्छे पागल बन्छ म नि त्यहि बने।
केही समय राम्रोसँग वितायाै,तर बदलिदाे समयमा मान्छे बदलिन समय लाग्दैन रहेछ हो यहि भयो , मेरो चाेखाे प्रेम मा बदलिदाे समयको उजागर!!
उ पनि बदलिदै गयाे समय सित म उहिकाे उहीँ रहे।।
मलाई उसको वेपर्वाह, वेमतलबि बानी ले दिनदिनै पीडा दिदै गयाे!! मैले अाफुलाई पीडा दिएर अाफैलाई सम्झाएर पनि उपया लागेन!!अाखिर चिनी पनि धेरै खाए तिताे त हुन्छ नि।
अाखिर अाफ्नै अगाडि म अाफै हारे!! मेरो चाेखाे प्रेम हार्याै र उसको खुसीको लागि उ बाट अलग भए! बिना महत्त्व काे सम्बन्ध कहाँ अगाडि बढ्छ र!!
अहिले एकान्तमा रमाउदै छु र धेरै खुसी पनि छु,
म यहाँ उसलाई दाेष दिन खाेजेकाे होइन र दिने छैन पनि। केबल म अाफुले अाफैलाई दाेषि ठान्छु किनकि अाफुले अाफैलाई भुलेर अरु कसैलाई सम्झनु ठूलो भुल हो।
म अहिले महसुस गर्दै छु र अाफ्नाे गलती सच्चाउने एउटा मैका पाएकाे छु, अाश होइन संकल्प गर्छु कि यो गल्ती जिन्दगीमा कहिल्यै दाेराउने छैन!
प्रेम गर्नुस् अाफुलेे अाफै बुझेर,अाफ्नाे ईच्छा लाई धेरै नदबाउनुस् ताकि कहिल्यै पलाउन नसक्याेस्, यो बदलिदाे समय मा अाफुले अाफैलाई बदल्न जरुरी छ,जब तपाईं अाफु खुसी हुनुहुन्छ भने मात्रै तपाईंले अरुलाई खुसी दिन सक्नुहुन्छ !! प्रेम गर्नुस् खुलेर गर्नुस्, समयअनुसार बदलिदाे प्रेम नगर्नु!!
तर साँच्चिकै मलाई चाहिँ प्रेम गर्न चाहिँ पुग्याे!!
No comments:
Post a Comment