म लेखक होइन तर पनि लेख्न मन पराउछु, टुटेफुटेका अर्थहीन शब्द जाेड्छु!
कहिले साब्दिक रहन्छन् त कहिले हाँसाे लाग्दाे,त कहिले उराठ लाग्दाे!! तर पनि अाफैलाई अाफ्ना काेरिएका शब्द नि प्याराे लाग्छ!!
मलाई एकान्त प्याराे लाग्छ, मलाई झरि मन पर्दैन,मलाई कफि मन पर्दैन, जे छु म अाफैलाई प्याराे छु!! म अरु शीत अाफुले अाफुलाई कहिल्यै तुलना गरिन!! हो मान्छु जिन्दगी केही उपलब्धि गर्न सकिन तर हार पनि मानेको छैन
कहिले के कहिले के, कहिले अाशु कहिले असिमित खुसी!! मानेको छु जिन्दगी यहि हो अनि यहि जिन्दगी जिउँदै छु!!
साँच्चिकै म अाफु अाफैमा अनौठो पात्र हुँ, कल्पनामा हराउँदै हाँसिरहन्छु, कल्पिदै रमाईरहन्छु, कल्पिदै सारा संसार ढुलिरहन्छु!! वास्तवमा मेरो एक मात्रै साथी कल्पना हो!!
जयान्ती खनाल
No comments:
Post a Comment