Thursday, February 28, 2019

मडगन्ते कहानी

विगतका दिनहरु भावुकता लुटपुटिएर अाउने गर्छन्।बिताएका ती दिन सम्झेर अाउदा नि, रिंगटा लागेर अाउछ, कहाली लागेर अाउछ र मुटु टुक्रा टुक्रा भएर चुडिएला जस्तो हुन्छ!!

चाेट ग्रस्त मन र अात्मा अालाेचनाकाे मलम केही क्षेण भर मात्रै रहेछ,जति बुझाउन सम्झाउन खाेजेपनि मन,मुन्टाे काटेर छाडेको कुखुरा जस्तै यत्रतत्र उफ्रन थालेको हुनाले, केही गरे पनि बुझाउन सकिन।

अाज अाफ्नै जीवनका घाउहरु काेट्टाउन विवश छु,केही समय अघि मात्रै स्थापित भएको हाम्रो अात्मीयतालाई एक्कासि निमाेठ्नु पर्दा हजारौं अरिगल ले अाएर टाेकेकाे जस्तै भयो। अाफैलाई हजारौं पटक धारे हात लगाएर गाली गर्दा नि मन प्रफुल्ल बनाउन सकिन।

उफफ कसरी बयान गरु यो स्थिति अाउनु पृर्वकाे रमाइलो पल।। उत्सुकता, रहर र सपनाले भरिएको साथ। झगडा र मायाले भरिएकाे बात, देख्न नपाउदा न्यास्राे लाग्दा छट्पटिएकाे पल। जे हाेस् सुन्दर र रमाइलो थियोे त्यो साथ।

हाम्रो सामिप्य मा अनगिन्ती रहर र सपना का  बिउहरु उम्ररिदै थिए,माैलाउदै थिए हाम्रो अात्मीयता भित्र। हरेक कुरा बुझ्ने र ख्याल गर्ने हाम्रो व्यवहार। हामी अाफ्नै संसारमा रमाउदै थियौं!
तर अपशोच केही समयको लागि मात्रै।।

लाग्छ यो एउटा एक कथा हो। तर अाफैले भाेगेकाे जिन्दगीको पीडा हुनु। जुन पीडाहरु जुँगा झै सल्बलाइ रहेका छन्।कहिलेकाही त यस्तो लाग्छ यो धर्ती मा नरहुँ तर पनि मर्न कहाँ सजिलो हुदाेरछ र, चाहेर पनि सकिन्न रछ।अाफुले चाहेको जस्तो राेजेकाे जस्तो कहिल्यै हुदैन रछ पनि।

अाज परिस्थिति ले गर्दा हामी दुवै अलग हुुनु परेको छ, अाज परिस्थिति सामु घुडा टेक्नु बाहेक विकल्प रहेन, अाज हामी दुवै हारेका छाै।समय शीत लड्न सकेनौं।
चाेखाे प्रेमले अाज नचाहादा नचाहादै हारेको छ।

अाज म अाफै देखि हारेकाे छु।
दाेधारे जिन्दगी बाँचिरहेछु, नत मर्न सक्छु न त जिउँने हिम्मत छ। उफफ कति बाेझ लाग्दाे जिन्दगी!! कहिलेकाहीँ यस्तो लाग्छ किन जन्मिएछु।

म सित केबल अाज अाशु छ, यो अाशु पिएर जिन्दगी जिउन विवश छु, छट्पटिएर बाच्न बाध्य छु,विर्कत लाग्दाे जिन्दगी काे अन्तिम घडी कुर्दै बसिरहेको छु।

परिस्थिति काे चक्कुब्युमा परेर उसलाईलाई दाेष दिन्न म, न त कुनै गुनासो छ न त कुनै बिद्रोह। पहिले जस्तो सम्मान थिए उहिले पनि उस्तै छ उसको लागि मेरो दिलमा।

Tuesday, February 5, 2019

"मन" र "दिमाग"


हजारौं पटक भनिसक्याे
भुलि दे उसलाई किन सम्झन्छस्!
कति अटेर बन्छस् ए मन त
छाडिदे उसलाई सम्झन,
मनलाई बुझा अब तेरो होइन ऊ
अरु कसैको भइसक्यो
अरु कसैको अंगालाेमा छ ऊ
अरु कसैको प्रेममा छ अाजकल ऊ
किन सक्दैन्स उसलाई भुल्न
किन बनाउन सक्दैन्स उसकाे
जस्तै ढुङ्गाकाे मन
जसले तेरो निस्वार्थ प्रेमलाई टुक्रायाे
बिर्सिएर अघि बढ अब त
एकाेहाेराे दिमाग बाेलीरह्याे
अन्त्यमा मन ले भन्याे

"अझैसम्म प्रेम गर्छु उसलाई म"

दिमाग माैन बस्न बाध्य भयो!


    जयान्ती खनाल

Monday, February 4, 2019

प्रिय दुई दिदि


घरको कान्छी छाेरी प्रया धेरै माया पाउने छाेराछी पर्छन्, म नि त्यही मध्ये एक हुँ, धेरै माया पाए बुबा अामा दुई दिदी र एक दाजुको!!
  
सानैदेखि ठुली दिदी नभई नसुत्ने म, एकपटक मलाई छिमेकी अामा ले बुबाअामा सित सुत्न हुन्न भनेदेखि ठुली दिदी सँगै सुत्ने बानी बस्याे।।

मलाई यतिसम्म याद छ कि, यदि दिदी कहिलेकाही साथी काे घर बेलुकी पढ्न जादा नि मलाई सँगसँगै लानुपर्न्थाे, किनकि दिदी बिना सुत्दैन थिए म। समय कहाँ एक्कै ठाउँ बस्छ र, दिनदिनै समय बढ्दै गयो, र दिदिदाई उच्च शिक्षाको लागि काठमाडौं अाउनु भयो।

समयअनुसार म नि ठुली हुदै गए, अामाबुबा सित मात्रै म बसे गाँउ। घरमा बुबा त्यति नबस्ने उहाँको पेशा त्यस्तै थियोे, घरमा प्रयाजसाे ममि र म मात्रै हुन्थ्याैं। समय चल्दै गयो र एक दिन ठुली दिदी काे बिहेकाे कुरा चल्यो र केही समयपछि बिहे पनि भयो सायद म कक्षा अाठ मा पढ्दै थिया त्यतिबेला।

दिदी बिहेकाे दिन धेरै राेयाै हामी म,माइलि दि र अंकल काे छाेरिहरु सँगसँगै बसेर राेयाै, छाेरि भएर जन्मेपछि पराइकाे घर जानुपर्छ नै, त्यहि भनेर चित्त बुझायाै।।

दुई बर्ष पछि उच्च शिक्षाको लागि म पनि काठमाडौं अाए!! दाजु र माईलि दिदी सँगसँगै बस्न,अामाबुबा काे याद अाउथ्याे तर अामा ले भन्दा बढी माया गर्ने दिदी हुनुहुन्थ्यो, बुबाले भन्दा बढी केयर गर्थे दाजु हुनुहुन्थ्यो तर अामा अामा हो!!

हामी दिदीबहिनी थिएनौं सायद एक मिलनसार साथी थियौं, हामीलाई एकअर्काको हरेक कुरा थाहा हुन्थ्यो, दिदिले नभनि म उहाँको दुःख बुझ्थे,उहाँको चिन्ता बुझ्थे, मैले नभनि मेरो माैनता दिदी बुझ्नुहुन्थाे।।

मेरो र दाजु काे खास कहिल्यै बनेर, हामी दाजुबहिनि कहिल्यै मिल्दैन थियौं, अक्सर झगडा पर्थाे भित्र जति माया भएनि।

दिदि हुनुजेल कहिल्यै एक्लैले हुनु परेन, दिदी हुनुहुन्छ भन्ने छुट्टै अान्नद थियौं, पढेर अाउदा, कतै जादा कहिलेकाही ढिलो हुदा गाली खान्थाे, तर कहिल्यै मन दुख्दैन थियोे।।

अक्सर साथीहरू सँगै बाहिर जादा म जाम छिटो भन्थे साथीहरू भन्थे कति डराउछे यो केटी, तर म दिदि गाली ले डराएको थिइन, उहाँको सम्मान, उहाँको कुरा जाे मान्थे म।

मेरो कलेजमा जाडाे बिदा थियोे र दिदि काे परीक्षा चल्दै थियो म घर जाने भने र यहि कुरामा  हाम्रो ,झगडा पर्याे र मैले खाना खाईन त्यो दिन, र भाेलीपल्ट उठेर घर जाने डिपि गरे र दाजु बसपार्क सम्म पुराउन जानू भाे।

दिदी ले घरमा कुरा लाइदिनु भएछ, झगडा गरेर अाकि छे म सित, मेरो परिक्षा छ बस भन्दा मानिन, भनेर तर जब घर पुगे बेकार अाइछु भयो, कताकता अाफैलाई अाफु देखि रिस उठ्याे र घरमा मात्रै तीन दिन बसेर काठमाडौ फर्किए।

हामी दिदीबहिनी धेरै मिल्थाै तर झगडा पर्थ्याे पनि, त्यो झगडा काे रिस कि एकघन्टा कि एक रात धेरै समयसम्म रहन्थेन।। बाहिर जानू परे सधैं सँगसँगै जान्थाैं, उसको हरेक कुरा मलाई थाहा,मेरो हरेक कुरा उहाँलाई, कति साथी छन् कहाँ का साथी छन् अातिईत्यादि।।

म सानोतिनो काम गर्थे +टु(+2) दिएर। काम गरेर काेठामा गए नि कहिल्यै थाकेको महसुस हुन्न थियो, थाकेर गएनि दिदी हुनुहुन्छ, मनमा अर्को फिल हुन्थ्यो। कहिल्यै थाकेका महसुस पनि भएन। समय अाफ्नाे गतिमा चल्दै थियो।

मलाई दिदिहरुकाे धेरै साथ दिनुहुन्थाे,सपाेर्ट गर्नुहुन्थ्यो चाहे म परिक्षामा फेल हुदा हाेस या केही मा उहाँहरुले कहिल्यै मेरो साथ छाड्नु भएन।

अाखिर समयको खेल न हो छाेरी पराइकाे घर जाने नियमित चलन।
जब माइली दिदी काे बिहेको कुरा चल्याे त्यो दिनदेखि साह्रै एक्लो हुन्छु जस्तो लाग्न थाल्याे,दिदी भन्नुहुन्थ्यो मेराे बिहे भए दाइ हुनुहुन्छ नि, तर म मनमनै भन्थे दिदी जस्तो दाजु कहिल्यै हुदैनन्, जब दिदि काे बिहे पक्का भयो म धेरै राेएकाे थिया एक्लै।

दिदी काे बिहे मा धेरै राेए, साँच्चिकै भन्नुपर्दा अहिले अाशु झर्छ मेरो दुई दिदी लाई सम्झेर, साह्रै एक्लै महसुस गर्छु म अाजकल। मनमनै भन्छु चित्त नि बुझाउछु अाखिर छाेरी न हो।

दिदीहरु शीत भेट नहुन होइन, कुरा नहुने होइन दिनदिनै कुरा हुन्छ तर उहाँ सित बसेकाे जस्तो कहाँ हुदाे रछ र,अहिले यति एक्लै भएको छु कि शब्द मा नि व्यक्त गर्न सक्दिन। अाखिर दिदी काे स्थान न त दाजु लिन सक्छन् न त साथी न त प्रेमी।।

जब काम बाट थाकेर घर पुग्छु, भाेक लाछ भनेर साेध्ने,खाजा खाईस भनेर साेध्ने दिदी हुनुहुन्न , कपडा चेन्ज गर त पसल जानुपर्याे भनेर भन्ने दिदी हुनुहुन्न।
तलाई पढ्न पर्दैन कति चलाउछस् मोबाइल भनेर गाली गर्ने दिदी हुन्न्। ह्या जहिल्यै मलाई लगाउने काम भनेर भन्ने दिदी हुन्न्। साँच्चिकै दिदी तपाईंको हरेक शब्द याद अाउछ।

कहिलेकाहीँ त बेलुकी दाजु न हुदा रुन्छु पनि दिदिहरुलाई सम्झेर! कहिलेकाही धेरै छट्पटी हुन्छ यो एक्लै पन देखेर, न त थकाइ बुझ्ने न पीडा बुझ्ने काेही छ, मात्रै अाफुमा सिमित बनाएर छाड्नुपर्दा, मन भारी भएर अाउछ।

साँच्चिकै दिदी तपाईंको बिहेपछि म एक्लो भएको छु, दाजु हुनुहुन्छ, साथी छन् तर पनि एक्लो छु यो बिरानो सहरमा।
यो निर्दयी सहरमा केही हराए जस्तो केही गुमाए जस्तो केही नपुगेको जस्तो बेकार जिन्दगी, न त गुनासो सुनिदिने मेरो दिदी न त गुनासो पाेख्ने जस्तो अरु केही छ।

केही दिन अघि देखि घुमघाम भेटघाट काे लागि चितवन गएका थियौं ठुली दिदी म र छाेरा, तीन दिन बसेर जब काठमाडौं फर्किन लाग्यौं, खै किन मलाई नरमाइलो लाग्याे र बाथरुम मा गएर राेए, खै काे सम्झेर  रुन पुगे।

अाजकल यो एक्लोपनले भित्र भित्रै जल्न थालेको छु, साँच्चिकै ति दिन फिर्ता अाए संसारमै भाग्यमानी म हुन्थे, तर यी सब कल्पना मात्रै हो, बितेका ती पल कहिले पाे फर्केर अाउछर मात्रै काडा बनी बिझाइ रहन्छ मन मुटुमा।

म जतासुकै हुँ,जहाँ हुँ तपाईं काे कमि सधैं रहनेछ, तपाईंको यादले सधैं मुटु जलिरहन्छ,जस्तोसुकै अवस्थामा पनि तपाईंको याद अाउँछ दि।
अामाबुबाकाे सम्झना, माया र सँगसँगै बिताएका पल हरु मन मुटुमा लिई काटिरहेछु दिन यो बिरानो सहरमा म।

फुट्ने गरि माया र न्यानाे सम्झना मेरो प्रिय दिदीहरु!


पहिलो प्रेम अनि अहिले याद।

आज धेरै पछि तिम्रो याद आयाे। हाम्रो मिठो सम्बन्ध काे याद आयाे। थाहा छ तिमी अहिले जीवनमा खुसी छौं,अहिले तिमी जहाँ रहनु खुसी रहनु। म पनि यहाँ ...