विगतका दिनहरु भावुकता लुटपुटिएर अाउने गर्छन्।बिताएका ती दिन सम्झेर अाउदा नि, रिंगटा लागेर अाउछ, कहाली लागेर अाउछ र मुटु टुक्रा टुक्रा भएर चुडिएला जस्तो हुन्छ!!
चाेट ग्रस्त मन र अात्मा अालाेचनाकाे मलम केही क्षेण भर मात्रै रहेछ,जति बुझाउन सम्झाउन खाेजेपनि मन,मुन्टाे काटेर छाडेको कुखुरा जस्तै यत्रतत्र उफ्रन थालेको हुनाले, केही गरे पनि बुझाउन सकिन।
अाज अाफ्नै जीवनका घाउहरु काेट्टाउन विवश छु,केही समय अघि मात्रै स्थापित भएको हाम्रो अात्मीयतालाई एक्कासि निमाेठ्नु पर्दा हजारौं अरिगल ले अाएर टाेकेकाे जस्तै भयो। अाफैलाई हजारौं पटक धारे हात लगाएर गाली गर्दा नि मन प्रफुल्ल बनाउन सकिन।
उफफ कसरी बयान गरु यो स्थिति अाउनु पृर्वकाे रमाइलो पल।। उत्सुकता, रहर र सपनाले भरिएको साथ। झगडा र मायाले भरिएकाे बात, देख्न नपाउदा न्यास्राे लाग्दा छट्पटिएकाे पल। जे हाेस् सुन्दर र रमाइलो थियोे त्यो साथ।
हाम्रो सामिप्य मा अनगिन्ती रहर र सपना का बिउहरु उम्ररिदै थिए,माैलाउदै थिए हाम्रो अात्मीयता भित्र। हरेक कुरा बुझ्ने र ख्याल गर्ने हाम्रो व्यवहार। हामी अाफ्नै संसारमा रमाउदै थियौं!
तर अपशोच केही समयको लागि मात्रै।।
लाग्छ यो एउटा एक कथा हो। तर अाफैले भाेगेकाे जिन्दगीको पीडा हुनु। जुन पीडाहरु जुँगा झै सल्बलाइ रहेका छन्।कहिलेकाही त यस्तो लाग्छ यो धर्ती मा नरहुँ तर पनि मर्न कहाँ सजिलो हुदाेरछ र, चाहेर पनि सकिन्न रछ।अाफुले चाहेको जस्तो राेजेकाे जस्तो कहिल्यै हुदैन रछ पनि।
अाज परिस्थिति ले गर्दा हामी दुवै अलग हुुनु परेको छ, अाज परिस्थिति सामु घुडा टेक्नु बाहेक विकल्प रहेन, अाज हामी दुवै हारेका छाै।समय शीत लड्न सकेनौं।
चाेखाे प्रेमले अाज नचाहादा नचाहादै हारेको छ।
अाज म अाफै देखि हारेकाे छु।
दाेधारे जिन्दगी बाँचिरहेछु, नत मर्न सक्छु न त जिउँने हिम्मत छ। उफफ कति बाेझ लाग्दाे जिन्दगी!! कहिलेकाहीँ यस्तो लाग्छ किन जन्मिएछु।
म सित केबल अाज अाशु छ, यो अाशु पिएर जिन्दगी जिउन विवश छु, छट्पटिएर बाच्न बाध्य छु,विर्कत लाग्दाे जिन्दगी काे अन्तिम घडी कुर्दै बसिरहेको छु।
परिस्थिति काे चक्कुब्युमा परेर उसलाईलाई दाेष दिन्न म, न त कुनै गुनासो छ न त कुनै बिद्रोह। पहिले जस्तो सम्मान थिए उहिले पनि उस्तै छ उसको लागि मेरो दिलमा।
No comments:
Post a Comment