Tuesday, February 5, 2019

"मन" र "दिमाग"


हजारौं पटक भनिसक्याे
भुलि दे उसलाई किन सम्झन्छस्!
कति अटेर बन्छस् ए मन त
छाडिदे उसलाई सम्झन,
मनलाई बुझा अब तेरो होइन ऊ
अरु कसैको भइसक्यो
अरु कसैको अंगालाेमा छ ऊ
अरु कसैको प्रेममा छ अाजकल ऊ
किन सक्दैन्स उसलाई भुल्न
किन बनाउन सक्दैन्स उसकाे
जस्तै ढुङ्गाकाे मन
जसले तेरो निस्वार्थ प्रेमलाई टुक्रायाे
बिर्सिएर अघि बढ अब त
एकाेहाेराे दिमाग बाेलीरह्याे
अन्त्यमा मन ले भन्याे

"अझैसम्म प्रेम गर्छु उसलाई म"

दिमाग माैन बस्न बाध्य भयो!


    जयान्ती खनाल

1 comment:

  1. मन पर्यो, अझै कोसिस जारी होस्, सुभकामना

    ReplyDelete

एक्लै म

मेरो नि घर छ परीवार छ आफन्त छन् साथी भाइ छन् तर हिजोआज म नितान्त एक्लो छु। मलाई एक्लोपन देखि डर लाग्न छाडिसक्याे किनकि म सँग अरु उपाय छैन सि...