अाज चैत 20 बिहिवार, झसङ्ग भए!!
अच्युत काे जन्मदिन, अाँखा रसाए, ल्यापटप खाेलेर पुराना तस्बिर हेर्न थाले, हात काप्न थाले सम्झिन थाले मेरो प्यारो साथी लाई, उहीँ पुराना दिनहरु नयन अगाडि नाच्न थाले।
उसले टाढै बाट अाेई मुसि भनी ठुलो स्वरले बाेलायाे मैले उ नजिकै अाएपछि उसको ढाड मा कुटे अईया कति बेस्सरी हिर्काउन सकेकि। तलाई मुसी भन्न नि पाउनु भन्दै घुर्काउन थाल्याे, र म भने मुसुक्क हासे।
उ मतलब मेरो प्यारो साथी! अच्युत देवकोटा, घर ईलाम। साेझाे काले काले ठिक्क काे हाइट, मेरो प्यारो केटा साथी, केही सपना बाेकि काठमाडौं अाएकाे, भविष्य मा केही गर्ने साेच लिइ अगाडि बढेको!
हाम्रो भेट कक्षा 11 मा भएको थियो सेक्सन ए रेडन कलेज सामाखुसी म्यानेजमेन्ट काे बिधार्थी।
11 कक्षा पढ्दा भेटघाट भएको साथी अाज उसको याद मा अाशु बगिरहेका छन्, जसले अकालमा अाफ्नाे ज्यान गुमाउन पुग्याे र मात्रै हाम्रो दिल मा सदैब बसिरह्याे।
धेरैनबाेल्ने उ, एकदिन अकाउन्ट् नाेट माग्याे उसले सायद त्यो हाम्रो पहिले वार्तालाप थियो।
कलेज जान थालेको एक महिना भएको थियोे! मेरो साथी उमा र उसको साथी दिनेश एक्कै ठाउँ का थिए चितवन। बिस्तारै हामी चार जना नजिक हुन थाल्यौं।
बिस्तारै हामी बिच दाेस्ति बढ्दै गयाे।
क्रमश हाम्रो मित्रता अगाडि बढिरह्याे, हाम्रो सेक्सन 12 मा अलग भयौं।
म र अच्युत ले म्याथ राेजेका थियौं भने उमा र दिनेश ले मार्केटिङ। तर पनि हामी सबै काे सेक्सन फरक फरक परेको थियो!
तर हाम्रो ग्रुप अलग अगल भएनि हाम्रो मित्रता भित्र काे प्रेम कहिल्यै टाढा भएन!!
एकदिन उसकाे कक्षा चाडै छुट्टि भएछ, मलाई कलेजको गेट मा कुरिरहेकाे थियो उसको अनुहार मलिन देखे, उसलाई साेधे "घर गइनस उमा र दिनेश खै त?
उसले भन्याे गए उनिहरु त, म तलाई कुरिरा!
उसको अनुहार मलाई केही भन्न खाेज्दै थियो मनिल देखे, अनि उसलाई साेधे, "के भाे हुममम किन निराश छस् भन न त ?
उसले कुरा लुकाउन खाेज्याे तर मैले उसलाई नजिक बाट चिनेको थिया र थाहा पाए उ केही भन्न खाेज्दै छ, फेरि उसलाई प्रश्न गरे, भन न के भाे"।
उसले प्रया मलाई भने गर्थें, तलाई खुलेर जे नि भन्न सक्छु खै किन यार त माथि धेरै विश्वस लाग्छ! अनि उसले भन्या थियो उमा मलाई मन पर्छ!
अनि फेरि उसलाई माैन देखेर मलाई शंका लाग्याे अनि उसलाई राम्रोसँग साेध्न, च्या खान जाम भने उसले मुन्टाे हल्लाउँदै हुन्छ भन्याे हामी कलेज नजिकैको क्याफे छिर्याैं!
उसलाई साेध्न नपाउदै उसले भन्याे , "मैले हिजो बेलुकी उमा लाई, हिम्मत का साथ म तिमीलाई मन पराउछु भने उसले केबल राम्रो साथी मात्रै भनी, अाज त बाेल्दा नि बाेलिन। हेर न कसरी सम्झाउ भन्दै निराश भयो।
मैले हास्दै भन्या तलाई प्रेम काे भुत पाे चड्या हो मलाई डर लाग्या कतै केही भएछ कि भनिरा, अनि फेरि भने, अरे यति कुरा मा पनि निराशा किन हुनु, अहिल्यै यो सब मा नलाग, फाइनल परीक्षा पनि नजिकिँदै छ! पढाइमा ध्यान दे, सम्झाउदै भने!
उसले फेरि भन्याे "पछि उमा पाइन भने नि"? उसलाई फेरि सान्त्वना दिन भने साचाे प्रेम गर अवश्य पाउछस् तर हेर केटा त्यति टाढा बाट अाफ्नाे भविष्य बनाउन यहाँ अाछस् पहिलो पढाइमा फाेकस गर! यति कुराले निराश भएर पढाइ बिगारिस भने तलाई उल्टा मै गाेद्छु।
उसले हास्दै भन्याे, त फेरि सुरु भईस,त भन्छेस भने मान्नै पर्याे, परीक्षा पछि सबै कुरा उसलाई राम्रोसँग भन्छु। ल हिड जाम उसाे भए!
हामी गाडी चड्ने ठाउँ सम्म सँगसँगै भयौं, उसको गाडी चाडाे अायाे र उ मलाई बाई भनी गयाे।
फाइन परीक्षा नजिकिँदै थियो हामी सबै परिक्षाकाे तयारी मा थियौ हामी चार जना मध्ये अच्युत ले कक्षा 11मा राम्रो गरेको थियो, उ सधैं भन्थे 12 सकेपछि बिदेश जाने हो।
हामीले सबै ले कक्षा 12 काे परीक्षा पनि दियौं। परीक्षा सकियो पर्सि पल्ट भेट्ने सबै काे सल्लाह भयो, उमा नअाउने भनि उसलाई घुर्कि लगाउदै भने ल ल नअाईज अब किन अाउथिस् त! उसले फेरि भनी हेर न रिसा कि अाउछु के अाउछु बरु कहाँ भेट्ने म फेरि भाेलि घर जान्छु!! उसलाई मैपि मन्दिरमा अाईज भने, अनि सबैलाई त्यहीँ अाउन भने।
सबै जना त्यहाँ भेट भयौं, दुई घन्टा घुमेर फेरि पछि भेट्ने बाचा गरि फर्केयाैं, उमा र दिनेश सँगसँगै गए अनि म हिड्न लाग्दा अच्युत ले भन्याे पख म नि जान्छु त्यहाँ सम्म।
हामी हिडिरहेका थियौ, उसले भन्याे 12 काे रिजल्ट राम्रो भए र बाहिर जान हुन्थ्यो, हेर यहाँ बसेर के गर्नु।मैले भने विदेश विदेश भन्या छन् ,गएपछि रुनु पर्छ अनि थाहा पाउछ, त खालि यहि भन्छेस् भन्दै प्याट्ट हिर्कायाे।
उसले भन्याे पर्सि घर गएर दुई चार दिन बसेर फेरि अाउछु, मैले भने किन नि,चाडै अाउने? उसले भन्याे अाईल्स गर्छु। मैले भने हुन्छ तलाई जे ठिक लाग्छ गर तर पछुतो नहाेस फेरि हास्दै भने। र हामी पनि छुट्टियाै।
केहि महिना पछि, उसले फाेन गर्याै र मुस्कुराउदै भन्याे अाईल्स पास गरे अब रिजल्ट काे प्रतीक्षा, उसलाई फाेन मै बधाई दिए,र उसले अर्को खुसीको कुरा नि छ भन्याे, के हाे र भन त, "उमाले मलाई एस भनी हिजो"
मैले उसलाई भने, मैले भनेको होइन "परीक्षा पछि भन भनेर कस्तो लाग्याे ल बधाई छ" र फाेन काट्या,
केही समय पछि 12 काे रिजल्ट पनि अायाे, हामी सबै ले राम्रो गर्याै, विशेष अच्युत ले।
अच्युत ले अमेरिक काे लागि अप्लाइ गरेको थियो, मलाई भन्दै थियो भिसा लागे त सपना साकार हुन्छ मेरो, मैले पनि भन्दै थिया, लाग्छ तेरो किन अातिन्छस्। उसले अप्लाइ गरेको तीन दिन पछि मलाई फाेन मा भन्याे अब मलाई एरपाेटमा छाड्न हिड, मैले बुझे उसको भिसा लागेछ, खुसी हुँदै भने बधाई छ तलाई।
फ्लाइट कहिले छ मंसिर दस गते अब काे पच्चीस दिनमा!! उसलाई भने त नि टाढा हुने भइस, उसले मन बाट हुन्न नि, मैले मुस्कुराउदै म मरे भने नि हुदैनस् न अात्ति। उसलाई उडाउन airport सम्म हामी उमा,म र दिनेश सँगसँगै गएका थियौ,उमा रुदै थि, मेरो नयन पनि भिजिरहेका थिए, मलाई के थाहा त्यो भेट नै अन्तिम हुने थियौं।
उसलाई उडाएर हामी अाफ्नाे अाफ्नाे रुम गयौं, अच्युत अमेरिक गएको लगभग दश महिना जति भएको थियोे। उ शीत प्रया राम्रोसँग गफ नै भइरहन्थ्याे। तर केही दिन देखि उ सित कुरा भएको थिएन,त्यहीँ क्रममा फेसबुक चलाईरदा, एउटा समाचार मा अाँखा पुग्याे "अमेरिक मा कार दुर्घटना मा दुई नेपाली बिधार्थी काे मुत्यु मुत्यु हुने मा ईलाम घर हुने अच्युत देवकोटा र धनगढी घर हुने प्रश्न भट्ट"
त्यो देखेर धड्कन राेकिएला जस्तो भाे हत्तपत्त दिनेश लाई कल गरे उसले नि समचार सुनेर रुदै भन्याे म दिनेश काे घर तिर हानिया, बाटो भरि अनेकौं चित्र अाउन थाल्याे। उमा बेहोस भएको दिनेश घर पुगेपछि थाहा पाए।
मात्रै भगवान पुकारिरहे मेरो निर्देश साथी जसले अकालमा ज्यान गुमायाे अाज उ हाम्रो अगाडि रहेन,म र दिनेश उमा काे घर तिर लाग्याैं, अाज हामी ले एउटा असल साथी गुमाएका थियौं!
उमालाई भेट्यौं, हामी तीन जना एकै ठाउँमा बसेर रुन थाल्यौं।
मलाई घर जान मन थिएन, मुटु चुडिएला जस्तो भएको थियोे,अनेकौं याद हरु ले घाेचिरहेकाे थियो तर सच्चाइ सुईकार्नु काे बिकल्प थिएन।
हाँसीहाँसी बिधाइ गरेको ठाउँ मै उसको कफन मा बेरिएर अाएकाे उसको शरिर लिन रुदै बसिरहेका थियौं, उसको दाजु र दिदी अामा सबै काे रुवाबासि चलिरहेको थियोे!!
मुटु चुडिएला जस्तो भयो, उसको अन्तिम बधाई यहीँ हात ले उसको पर्थिप शरिरमा माला अर्पण गरेर गरे!!
मेरो प्यारो साथी यो धर्ती मन छैन तर साथी त मेरो दिलकाे सबैभन्दा माथि छस,र रहिरहनेछस्, अाज तेरो याद मा अाशु बगिरहेका छन। अच्युत तैले बाेलाउने मुसी नाम धेरै प्याराे लाग्छ, फेरि एक पटक तलाइ हिर्काउन मन छ , फेरि एक पटक त सित धेरै गफ गर्नु छ! अब ए जन्ममा हाम्रो मित्रता अधुरो रह्याे तर जति जन्म हुन्छ उति जन्म मा तेरो साथी भएर जन्म न पाऊँ।
मुटु भरि सम्झना मेरो प्यारो साथी।
जयान्ती खनाल।
No comments:
Post a Comment