दिदी
हरेक पल तपाईंको याद ले झक्कझकाउछ!
हरेक क्षण ती यादहरु सम्झना अाउछ
याद छ दिदी मलाई हामी झगडा गरेर नबाेलेकाे रात
याद अाउछ दिदि अल्छी लागेर बिहानैकाे खाना भुटेर खाएको रात!
दिदी जब देखि पराइ घर जानू यो
बिरानो सहरमा एक्लै भएको छु,
केबल एक्लै
दिदी याद छ नि तपाईंलाई
जब राती पानी पर्छ तब डरले
म सुटुक्क तपाईं शीत गएर सुत्थे
अनि बिहान मलाई गाली गर्नु हुँदै भन्नुहुन्थ्यो रातभर खुट्टा चडाएर सुत्न दिनस।
दिदी भुल्न सक्दिन मलाई किनेर ल्याइदिनु भएको त्यो त्यो मेरो फ्वेरेटब बार्साकाे जर्सी।
दिदी भुल्न सक्दिन तपाईं शीत बिताएको प्रत्येक पल
भुल्लु पनि कसरी हृदय मन मुटु बाट मा सजाएकाे यादहरु!
जब जब रात पर्छ यो सहरमा तबतब नयन भरिएर अाउछ।
जबजब बिहान हुन्छ तबतब नयाँ झुठाे अाशा पलाउछ।
📝- जयान्ती खनाल!
No comments:
Post a Comment