Tuesday, August 27, 2019

बालपन त्यो

गाउँघरको हरियालीमा उफ्रिएकाे याद अायाे!
जंगलमा गई गाँसदाउरा ल्याएको याद अायाे!

पातकाे लामाे साेली बनाइ साथीहरुसँगै
दगुर्दै यताउता राताे ऐसेलु बटुलेकाे याद अायाे!

हिलो छ्याप्दै साथीहरूसँग बर्षाकाे झरीमा
असारे महिनामा खेतमा धान राेपेकाे याद अायाे!

अल्लाे घर र पल्लोघर, साथीहरुकाे याद अायाे!
सम्झनाले सतायाे मलाई गाउँघरको याद अायाे!

साथीहरु भेलाभइ रमाइलो गर्दै र खेल्दै!
अामाले मलाई लखेट्न अाएकाे याद अायाे!

सक्छस् भगवान् फर्काइदेउन त्यो बालपन!
मलाई मेरो त्यहीँ बालपनकाे याद अायाे!!

मलाई मेरो गाउँघरको याद अायाे!!
मलाई मेरो बालपनकाे याद अायाे!

No comments:

Post a Comment

पहिलो प्रेम अनि अहिले याद।

आज धेरै पछि तिम्रो याद आयाे। हाम्रो मिठो सम्बन्ध काे याद आयाे। थाहा छ तिमी अहिले जीवनमा खुसी छौं,अहिले तिमी जहाँ रहनु खुसी रहनु। म पनि यहाँ ...