Friday, June 4, 2021

यति धेरै स्वार्थी किन बन्छन् मान्छे

मलाई असल श्रीमान्
पराेस् भनेर
अपेक्षा गर्नेहरुले
किन यो साेच्दैनन् कि
म पनि एक असल
श्रीमती बन्ने छु!
असल श्रीमतीको पराेस्
भनेर अपेक्षा गर्नेले
अाफु पनि असल श्रीमान्
हुन किन खाेज्दैनन्?
असल बुहारी खाेज्ने सासू
किन असल अामा बन्न खाेज्दिनन् ?
असल सासुकाे अासा गर्ने
बुहारी किन एक छाेरी
सरह हुन खाेज्दिनन्?
नन्द-देबर भाईबहिनी जस्तै हुन्
भनेर अाशा गर्ने भाउजू
किन साेच्दिनन् कि
म पनि उनीहरुको लागि
दिदीबहिनी सहर बन्नेछु,
यहाँ सबैलाई अाफैंलाई
राम्रो गराेस्, राम्रो पराेस्
साेच्छन् मान्छेहरु
यहाँ सबै अाफुलाई नै
असल पराेस् ठान्छन्
तर अहँ यो साेच्दैनन्
म अाफैं असल बन्ने छु!
निस्वार्थ प्रेम गर्नेछु!
(आमासँग, गाउँसँग
देशसँग, सारा विश्वसँग,
सारा मानव जातिसँग, सबै-सबैसँग,)
मान्छेहरु यति 
धेरै स्वार्थी
किन बन्नछन् हँ??

2 comments:

पहिलो प्रेम अनि अहिले याद।

आज धेरै पछि तिम्रो याद आयाे। हाम्रो मिठो सम्बन्ध काे याद आयाे। थाहा छ तिमी अहिले जीवनमा खुसी छौं,अहिले तिमी जहाँ रहनु खुसी रहनु। म पनि यहाँ ...