Friday, August 6, 2021

धन्यवाद "आमाबुबा"

म यस धर्तीमा जन्मदै गर्दा
आमा तिमीलाई कति
पिडा भए होला,
नै नै महिना मेरो पीडा
लाई सहन गरि
मलाई यश दुनियाँमा ल्याउनु भयो
मेरो पहिलो चिच्चाहाट ले
आमा तिम्रो मुहारमा
खुसी त पक्कै ल्याएको थियो।

बुबा म जन्मदा तपाईं
दुखी हुनु त भएन नि
छाेरी जन्मि भनेर
अह हुनु भएन पक्कै
खुसी का मन्द मुस्कान हरु
त्यो हसिलाे मुहारमा
पक्कै छाएका थिए होला
खुसी ले पक्कै गदगद
हुनुभएको थियो होला !

आमा बुबा मलाई
हुर्काउन पढाउन लेखाउन
कयौं संघर्ष गर्नुभयो
आफु काडा काे बाटो हिडेर
मलाई फुल काे बाटोमा छाडिदिनु भयो
मलाई सहिगलत सिकाउनु भयो
मलाई जिन्दगीको जिउन सिकाउनु भयो।

मैले कयौं चाेट दिए होला
आमाबुबा तपाईंहरूलाई
मेरो कारण ले तपाईंहरूकाे
कहिलेकाहीँ नयन भरिए होलान्
मैले कयौंपटक मन दुखाएकाे छु होला
हरेक गल्ती काे लागि
क्षमाप्रार्थी छु अामाबुबा म!

तपाईंहरूको मायालाई
म शब्द ले वर्णन गरेर
सानाे बनाउन सक्दिन
बर्णन गर्न नसकिने
तपाईंहरूकाे मायाममता
मुल्यवान छ।

आमा बुबा हजुरहरुलाई
संसारकै खुसी त दिन नसकुला
तर मेरो कारणले हजुरहरुकाे
नयन भरिन चाहि कदापि दिने छैन!

"संसारकै असल मान्छे त बन्न नकसुला
तर तपाईंहरूको असल छाेरी अवश्य बन्ने छु"

यस क्षण यी काेरिरहन लायक बनाउनु भएको मा धेरै धेरै धन्यवाद।।

No comments:

Post a Comment

पहिलो प्रेम अनि अहिले याद।

आज धेरै पछि तिम्रो याद आयाे। हाम्रो मिठो सम्बन्ध काे याद आयाे। थाहा छ तिमी अहिले जीवनमा खुसी छौं,अहिले तिमी जहाँ रहनु खुसी रहनु। म पनि यहाँ ...