Saturday, August 7, 2021

डर

आजकल डर लाग्छ
तिमीले गर्ने माया मा
तिमीले गर्ने म प्रतिकाे प्रवाहमा
थाहा छ अथाह प्रेम गर्छाै
तर पनि किन किन
धेरै डर लाग्छ!

विश्वास गर्छु तिमीलाई
तिम्रो प्रेम माथि भराेषा छ
फेरि समय देखि डर लाग्छ
फेरि मान्छे देखि डर लाग्छ
अनि फेरि परिस्थिति देखि डर लाग्छ
कतै समय अनुसार
बदलिने त होइन तिमी
कतै परिस्थिति बाहनामा
टाढीने त होइन।

तिमी ले भन्ने घरिघरि
"मेरो भर नपर"
यो शब्द मुटु धेरै खान्छ
जानीनजानी धेरै कुराहरु
दिमागमा खेल्छन्
अनि मनमुटु भुट्भुट्टिन थाल्छ।

घरिघरि तिमीले गर्ने व्यवहार
तिम्रो म प्रतिकाे लापर्वहा
जानीजानी जस्तो लाग्छ
अनि फेरि अनायसै
मन दुख्छ मन पाेल्छ।

फेरि सम्झन्छु तिम्रो परिस्थिति
तिम्राे बाध्यता तर
पनि कताकता धेरै डर लाग्छ
भनिदिऊ मलाई
मेरो यी सब भ्रम हुन।
यो सब तिमीलाई
गुमाउछु कि भन्ने डर हो
भनिदेउ मलाई तिमी पनि
उस्तै प्रेम गर्छाै मलाई
जसरी म गर्छु।

प्रिय यो मेरो डर लाई
भ्रम मा सावित गरिदिउ ल।






1 comment:

पहिलो प्रेम अनि अहिले याद।

आज धेरै पछि तिम्रो याद आयाे। हाम्रो मिठो सम्बन्ध काे याद आयाे। थाहा छ तिमी अहिले जीवनमा खुसी छौं,अहिले तिमी जहाँ रहनु खुसी रहनु। म पनि यहाँ ...