1-
प्यारकाे सुगन्धीत मालाहरु उनीदिन्छु भन्छ,
पिरतीकाे चाैघाराेमा घुमिदिन्छु भन्छ,
जति बसमा राखेपनि यो मन फुस्कदाे रछ
मायालु याद सुम्पिएर जुनी दिन्छु भन्छ!!
2-
सुगन्धीत फुलकाे सयौं थरी जात अरे
कतै मिठो माया कतै पिरतीमा घात अरे,
गरि तपस्या देवता कै वर मागेपनि
कतै जुर्छन् कतै फुट्छन् जाेरिएका हात अरे
3-
वास्ना हजार यहाँ सक्छौ गुलाफ राेजी हेर
सुम्पिउँला मनमुटु दिलकाे प्यासले खाेजि हेर
दुख हजार तिरदिउला मनको ढुङ्गा खियाएर
किन भाग्छाै टाढा टाढा चाेखाे प्रेम गरि हेर।।
4-
हारे पनि जित हुने जित जिन्दगीको
हाँसीखुसी गाउनै पर्ने गित जिन्दगीको
अाफुलाई मेटाएर अरुकाे भलाे गर्दा
जे गर्दा नि दाेष मिल्ने रित जिन्दगीको !!
धन्यवाद
जयान्ती खनाल
No comments:
Post a Comment