अाज भदौ अाठ गते अाइतबार, अाजैका दिन मेरो सपना र ईच्छाहरु जलेकाे दिन। हो अाजैका दिन मेरो साचाे प्रेम हारेको दिन। अाजै उसले मेरो साथ छाडेर कसैको अगालाेमा खुसी भएको दिन।
हिजै जस्तो लाग्छ उ शीत भेट भएको तर हामी अलग भएको पनि एक बर्ष बतिसकेछ!! उ मतलब मेरो पहिलो प्रेमी!!
भदौ अाठ अाइतबार साझपख काे समय काेठाकाे बर्दलिमा बसेर पुराना दिनहरु र त्यहीँ दिनमा रुमालिएका केही मिठास पुर्ण याद र अाँखामा अाशु दिने केही पल सम्झिरहेछु।
अनि मन मनै धन्यवाद दिइरहेछु उसलाई मेरो मनमुटु पथर बनाउन सक्ने हिम्मत र मलाई अब अगाडि बढेर केही गर्नुपर्छ अाशु पिएर होइन खुसी का साथ भनि याे हालतमा पुराउन बाध्य बनाएको मा।
तिमीबाट विश्वसा घात भयाे र त म यहाँ छु,अाशुले होइन खुसी ले जीवन कटाउदै छु। हो म तिमी बिना पनि खुसी छु,तिम्रो साथमा भन्दा कयौं बढी।
भन्छन्! समयलाई कसैले राेक्न सक्दैन हो पनि रहेछ,अाज यहि समय र परिस्थिति का कारण, धाेका र विश्वसघातकाे कारण मेरो मन पथर बनेको छ।
समयको चक्रबिउ लाई राेक्न नसकिने रहेछ।समयअनुसार परिवर्तन हुनु पनि जरुरी रहेछ। हो म पनि परिवर्तन भएकी छु,अाफुले अाफुलाई परिवर्तन गरेको छु।प्रेममा धाेका पाएर म झनै बलियो बनेकी छु। हो साँच्चिकै म तिम्रो अाभारी छु।
तिमी सँगै धेरै खुसी थिया हो म,तिमी पनि थियौ नि होइन र? तर तिमी मेरो प्रेम सँगसँगै बदलियाै र त धाेकादियौं ।तिम्रो धाेका ले त मलाई बदलिन्न बाध्य बनायो। तिमीले दिएको चाेटलाई चट्टान बनाएर त त्यसमाथि नयाँ जिन्दगीको कदम चाले।
तिमी जहाँ छाै,जाे सँगै छउ खुसी रहनु!! अब तिमीलाई हेर्ने दृष्टिकोण बदल्लिसक्याे। तिमीले मेरो कम्जोर मन माथि बारबार प्रहार गरेकै कारण अाज यो कम्जोर मन पनि कठाेर भएको छ!!
तिमीले धाेका दिए पछि मेरो जीवन सकियाे अब कसरी जिउँ भन्दै छाती पिट्दै रुन्थे। तिमी गएपछि म मा जिन्दगी जिउने चाहाना थिएन। मेरो हालत धेरै नाजुक बनिसकेको थियो। तर समयमै मैले अाफुले अाफैलाई सम्हालेर तिम्रो धाेकाबाट पाठ सिकेर त्यही पाठ जिन्दगीका परिक्षामा लागू गरे र।
अाज म खुसी छु, यो खुसीको कारण तिमी हाैं,तिम्रो विश्वास घात हाे।
धन्यवाद तिम्रो विश्वासघातलाई।
धन्यवाद धाेकेबाज प्रेमी तिमीलाई!!
📝 जयान्ती खनाल
Ma pani dhoka khayeko chu nanu tara maile unlaikurirachu usle malai dhoka diye pani maile ajha samma usko man dukhayina usle barbar chot diye pani ma uskai pratikshya ma chu aihalchin ki mero jindagima afule diyeko chot ko anubhuti afulai pani ta arule garchan ni pachi hoinaara?����
ReplyDelete