Tuesday, June 17, 2025

पहिलो प्रेम अनि अहिले याद।

आज धेरै पछि तिम्रो याद आयाे। हाम्रो मिठो सम्बन्ध काे याद आयाे।

थाहा छ तिमी अहिले जीवनमा खुसी छौं,अहिले तिमी जहाँ रहनु खुसी रहनु। म पनि यहाँ मेरो जीवनमा खुसी छुु।

थाहा छ मलाई मेरो नादानी भनु या म माथि मेरो परिवार काे जिम्मेवारी ले टाढा भएका हामी,असफल भएको हाम्रो प्रेम।

मेरो पहिलो प्रेम थियौं तिमी।

हाम्रो सम्बन्ध तिन बर्षा काे अन्तरालमा धेरै सम्झनाहरु र याद हरु बनायाैं। कहिलेकाही यिनै सम्झना लाे नमिठाे गरि आशु खसालि दिन्छ।

मैले तिमीलाई चाेट पुराएकाे थिए, थाहा छ म तिम्रो अपराधी हुँ तर म परिस्थिति र बाध्यता काे अगाडि घुडा टेक्न बाध्य थिया। आशा छ तिमी ले बुझेका छाै।  हामी टाढा भएको काे पनि 6/7 बर्षा भइसकेको रहेछ। अहिले सम्झदा हिजो जस्तै लाग्छ।

हामीले हाम्रो प्रेम काे बिचमा बनाएका यादहरु ले मलाई तिम्रो याद आइरहन्छ। चाहेर पनि म तिमी लाई भुल्न सक्दिन। कहिलेकाही म तिम्रो social media तिर गए तिमी लाई नियालि रहेको हुन्छु। अनि खुसी लाग्छ तिमी खुसी देखेर। यसरी नै सदा खुसी रहनु मेरो शुभकामना छ तिमीलाई।

Tuesday, June 11, 2024

घाम अनि जिन्दगी

यो अस्ताउदाे घाम
सँगसँगै अस्ताएका
मन का हजारौं 
ईच्छा चाहाना र सपनाहरु
के भोलि घाम उदाए सँगसँगै 
उदाउलान् र………………?
हुन त फेरि भाेली 
नयाँ बिहान लिएर
नयाँ सुनौलो दिन लिएर
उदाउने यी घाम सँगसँगै 
मेरा सपना, चाहानाहरुले पनि
नयाँ आशा लिएर 
उदाउछन् कि
यो पटक पूरा हुने गरि………………।

Friday, May 10, 2024

खै आजकाल खै
कता हराइरहेकाे छु
मन का रहरहरु 
भत्काएर हिजोआज 
म बाध्यताकाे घर बनाउदै छु!

कयौं सपना, चाहाना हरुकाे
भुर्ण हत्या गर्दै
परिस्थिति काे जेल मा कदै छु!!

म 
बिस्तारै बिस्तारै 
कतै बिलिन हुँदै छु
भित्र भित्र मर्दै छु!!



Friday, December 30, 2022

"आउन अब तिम्रो याद"


थाहा छ तिमीलाई
हिजोआज मलाई
तिम्रो याद आउँदैन
या भनुम हिजोआज
म तिमीलाई सम्झिन्न…
तर कहिलेकाहीँ अचानक
फेसबुक,टुइटर का भित्तामा
तिम्रो नाम गरेको
काेहि मान्छे देखि भने
कहिलेकाही बाटोमा
प्रेमिल जाेडि देखि भने
तब तिमीलाई सम्झन्छु
कहिलेकाहीँ साथीहरु बिच
कसैले तिम्रो नाम लिदा
कहिलेकाही घरमा
मेरो बिबाह काे चर्चा हुँदा
कहिलेकाहीँ घन्टौंसम्म
एक्लै बस्दा
तब म
तिमीलाई साम्झन्छु.
अचानक कसैले
बिर्सन त कहाँ दिन्छन र
यो दुनियाँले
तैपनि बिर्सदै छु.
अह मलाई अब 
तिम्रो याद आउँदैन।

Thursday, September 15, 2022

तिमी किन आयाैं

तिमी किन आयाैं
जब मैले तिम्रो प्रतीक्षा मा
संसार छाडिसके पछि
मलाई मठ मा सारीसकेपछि
मेरो शरीर माथि पहेँलो पित्तम्बर ले
ढाकीसके पछि
तिमी आयाैं।

किन आयाैं तिमी
तिम्रो प्रतीक्षा मा थाकेका
यी नयन हेर्न
तिम्रो दुई शब्द सुन्नका लागि
थाकेर बसेका यी कान हेर्न
या तिम्रो हात थाप्न काम्दै बसेका
यी हात हेर्न
तिम्रो प्रतीक्षा मै बसेका
मेरो निर्देष शरीर हेर्न
किन आयाैं।……………

म गइसके काे छु धेरै टाढा
तिम्रो कहिल्यै प्रतीक्षा नगर्ने गरि
सदासदा काे लागि……………………।

Friday, August 26, 2022

म मरे भने

म मरे भने
तिमीलाई मैले गर्ने जति 
माया कसले गर्ला
म मरे भने
तिम्रो लागि काे राेला
म मरे भने तिम्रो यस्ताे
वेवस्ता कसले सहला
म मरे भने के
तिमी मलाई अभाव रहला र......
अह
म मरे भने
म जस्तै अर्की अवश्य..........……………

Wednesday, July 20, 2022

टुङ्टुङ्ग

टुङ्टुङ बजेपछि
सिरानी मुनि रहेको माेबाईल
हतपत निकाल्छु 
हतारी दै हेर्छु 
कतै तिम्रो म्यासेज र फाेन हो कि
फेरि उहीँ Ntc सिम काे म्यासेज
अनि फेरि निरास 
हुँदै सिरानी मुनि नै राखिदिन्छु
मेरो आशा अनि तिम्रो बेवास्ता सँगसँगै 
यो माेबाईल !

Tuesday, May 24, 2022

जिन्दगी

ठुलो ढुङ्गा ले थिचिएकाे जसरी
भारी छ  जिन्दगी
पिनी बिना काे माछा झै
बेचैन छ जिन्दगी
माथि आकस मा गएर
चुडिएकाे चङ्गा जस्तै
अताल गहिराइमा पुगेर
दुघटित हुदै छ जिन्दगी।

फुल्दा फुल्दै काेपिलामै
झरेर ओइलिएकाे फुल जस्तो
ओइलिएकाे छ जिन्दगी
हरियाली जंगल डढाेलाे लागेर
उझाडिए झै
उझाड छ जिन्दगी
अचानाे जस्तै चाेट काे भारी
बाेकेर चाेटाीलाे छ जिन्दगी।

किनार ले पानी लाई भेट्न
छाल पर्खिए जस्तै
मृत्यु काे पर्खाइमा छ जिन्दगी।

Monday, March 7, 2022

खै यो जिन्दगी कस्तो कस्तो

यो जिन्दगी
ठूलो ढुङ्गा ले
थिचिएकाे जस्तो
घनघाेर जंगलमा
एक्लै हराएको जस्ताे
सास राेएकिए जस्तो
बन्द काेठामा
निशासिएकाे जस्तो
खै यो जिन्दगी कस्तो कस्तो!!

यो जिन्दगी
घरिघरि लाग्छ
सुन्दर फुल हाे
तर
पानी नपाएर
ओइलिएकाे बाेट जस्तो
फुल्दा फुल्दै मलजल नपुगेर
मरेकाे बाेट जस्तो
खै यो जिन्दगी कस्तो कस्तो !!

Sunday, November 14, 2021

जे गर्नु छ गरे हुन्छ!

मरिसकेको बिरुवा सम्झे उखालेर फाले हुन्छ
पैतालाको धुलाे ठाने बढारेर फाले हुन्छ!

माफी माग्ने धेरै छन् यहाँ मुखले झापड लगाएर
टुक्रिएकाे यो मुटु जाेड्न सके जाेडे हुन्छ!

म छु तिम्रो,म के त तेरो यस्ता मिठो शब्दहरु
घाम मा सुकाई  यी शब्दलाई अचारजस्तै गाले हुन्छ!

धेरै कुरा के भनु र "अा गर्दा अल्ङ्कार" बुझ्ने हरु
च्यात्तिएको मनको पर्दा सक्ने भए टाले हुन्छ!!

Saturday, August 7, 2021

डर

आजकल डर लाग्छ
तिमीले गर्ने माया मा
तिमीले गर्ने म प्रतिकाे प्रवाहमा
थाहा छ अथाह प्रेम गर्छाै
तर पनि किन किन
धेरै डर लाग्छ!

विश्वास गर्छु तिमीलाई
तिम्रो प्रेम माथि भराेषा छ
फेरि समय देखि डर लाग्छ
फेरि मान्छे देखि डर लाग्छ
अनि फेरि परिस्थिति देखि डर लाग्छ
कतै समय अनुसार
बदलिने त होइन तिमी
कतै परिस्थिति बाहनामा
टाढीने त होइन।

तिमी ले भन्ने घरिघरि
"मेरो भर नपर"
यो शब्द मुटु धेरै खान्छ
जानीनजानी धेरै कुराहरु
दिमागमा खेल्छन्
अनि मनमुटु भुट्भुट्टिन थाल्छ।

घरिघरि तिमीले गर्ने व्यवहार
तिम्रो म प्रतिकाे लापर्वहा
जानीजानी जस्तो लाग्छ
अनि फेरि अनायसै
मन दुख्छ मन पाेल्छ।

फेरि सम्झन्छु तिम्रो परिस्थिति
तिम्राे बाध्यता तर
पनि कताकता धेरै डर लाग्छ
भनिदिऊ मलाई
मेरो यी सब भ्रम हुन।
यो सब तिमीलाई
गुमाउछु कि भन्ने डर हो
भनिदेउ मलाई तिमी पनि
उस्तै प्रेम गर्छाै मलाई
जसरी म गर्छु।

प्रिय यो मेरो डर लाई
भ्रम मा सावित गरिदिउ ल।






पहिलो प्रेम अनि अहिले याद।

आज धेरै पछि तिम्रो याद आयाे। हाम्रो मिठो सम्बन्ध काे याद आयाे। थाहा छ तिमी अहिले जीवनमा खुसी छौं,अहिले तिमी जहाँ रहनु खुसी रहनु। म पनि यहाँ ...