म मरेको सपना!
अफिस बाट पाँच छुट्टि भएर अाफ्नाे रुम मा पुगे, त्यो दिन दाजु हुनुहुन्थेन काम विशेष ले सहर बाहिर जानुभएको थियोे र म एक्लै थिया।खाना पकाउन मन लागेन बिहानै काे अलिकति खाना रैछ भुटेर त्यहि खाए।
अाज कस्तो अल्यस्य लागेको मलाई एक्लै बरबराए,यताउता यसाेउसाे गर्दागर्दै लगभग रातको नाै बजेकाे थियोे, कसैसँग बाेल्न मन थिएन, माेबाईलमा गित सुने एकछिन, मल्ल निदाउन लागे जस्तो भाे,गित बन्द गरेर पल्टिया।
जाडो महिना बाक्लो सिरक अाेडेर सुतेको थिया! कतिबेला अाँखा लाग्याे थाहा भएन।एक्कासि बिहान करिब दुई बजे झल्यास् बिउँझे। शरीर कापिरहेका थियो।अाँखा बाट अाशु खसिरहेका थियो मलाई के भयो अह बिल्कुलै अन्दाज रहेन।
अहाे अाशु पुछ्दै भने छि कस्तो नराम्रो सपना,म अाफै मरेको !धेरै डर लाग्यो, बेहोस हुम्ला जस्तो भयो, मन अाफ्नाे बसमा रहेन,हे भगवान मात्रै भनिरहे।
मुटु लगलग हुन थाल्याे,अहिले नै मर्छु कि जस्तो लाग्न थाल्याे कताकता के के साेच्न पुगे, अामा लाई सम्झिएर, रुदै अाशु पुछे। धेरै डर लाग्याे, सपना या विपना केही छुट्टाउन सकिरहेको थिइन!!
रुममा एक्लै थिया जताततै सुनसान थियाे कुकुरहरु भुकिरहेका थिए बाहिर, गाडी का र बाईकका हर्न त बजिरहेको थियोे, तर मन मा अागाे जलिरहेकाे थियोे।
घरमा ममि लाई कल गर्न नम्बर डायल गरे तर सकिन, यति फाेन राति गर्दा ममि अातिने डर लाग्याे!! गरिन दिदिलाई गर्न खाेजे उसलाई पनि सकिन!! जिउ चिसो हुन थाल्याे, यो जाडो मा गर्मि हुन थाल्याे!!
अनि मेरो एकजना काेलाेज साथी लाई सम्झिए उसलाई कल गरु जस्तो लाग्याे तर उसले निदमा फाेन अाएकाे थाहा नपाउने बानी सम्झे र फेरि फाेन काटे!!
सम्झिएर यो बेला दाइ भएको भए त डर लाग्दैन थियो, केही उपया लाग्थ्यो,लामो सुर्काेर लिगे र बाथरुम गए मुख थाेए एक अम्खरा चिसो पानी खाए!!
अझै जिउ कापिरहेको थियोे ,झन छट्पटी र बेचैन बढ्दै थियोे,उफफ कति ढिलो चलेको यो घडीको सुई नि, एक्लै बरबराए।
हे भगवान यो के भईरहेछ,अाफैलाई सम्झाउने काेसिस गरे सपना हो छाड तर मनको डर ले सजिलै कहाँ छाड्थियाे, बिहान काे तीन बज्न लागेको रहेछ, मलाई त्यो तिन महिना जस्तो लाग्याे!!
कहिले उज्यालो होला र घरमा फाेन गर्न पाउला जस्तो भयो, सानातिना, ठुला सबै कुरा दिमागमा अाउन थाल्याे, भएभरकाे अाफ्नत काे याद अायाे, के भयो भयो यस्तो मात्रै साेचिरहे।
सम्झिया ममि काे बिहानै सबेरै उठ्ने बानी, कल गरे ममिलाई उठेन,थाहा पाउनु भएन होला जस्तो लाग्यो,फेरि गरे अह उठेन चार पटक गरे अह उठेन झनै छट्पटी बढ्न थाल्यो, हे भगवान रक्षा गर मात्रै भन्न अाईरह्याे!!
बुबा बिमार हुनुहुन्थ्यो,यो दिमाग पनि के के साेच्च अाफ्नै कन्चटमा अाफैले हिर्काए,फेरि ममि लाई कल गरे उठेन, बुबालाई गरे उठेन, केही बेर उठेर यताउता हिडे!!
भएभरकाे , भगवन कुल देवता सबैलाई सम्झिन पुगेछु, भए भएभरकाे देवता चित्र अाँखा अगाडि अायाे।
एक्कासि फाेन बज्याे साताे गए ममि काे रछ, मैले उठाउन नपाउदै ,ममिले अातिदै भन्नू भाे "छाेरि हेरन न के भयो यस्तो " मैलो केही भन्न नपाउदै यस्तो शब्द सुनेपछि मैले टेकेकाे जमिन भासिएकाे जस्तो लाग्याे!!
ममि के भाे भन्नु न छिटो, ममिले हतारिदै भन्नु भाे "पल्लो घरको बुबा बित्नु भाे अहिले भरखरै हेर न" !! एकपटक लामो सास फेरे, अनि मैले भने साताे जाने गरेर भन्ने के यी बुढि नि ममिलाई गालि गर्दे भने!!
अब के गर्नु त बिते ठिकै छ, राेग नलागि जानू भयो, कसैलाई दुख दिनु परेन सजिलै जानू भयो चिन्ता नलिनु,ममिलाई सम्झाउन लागे, बुबा खै नि मैले साेध्या, "बुबा नि उतै हुनुहुन्छ म नि यहि थिया, सामान लिन अाएकाे तेरो फाेन देखेर कल गरेको, तैंले किन कल गरेको नि यति धेरै"
ममि ले भन्नू भाे, केही होइन अलि नराम्रो सपना देखे थिया अनि,
"तेरो सपना टराे अब पिर नगर कलेज जाने होला त क्यारे" ममि ले यति भनेर कल काटेर जानु भाे!!
लामो सास फेरे, उहीँ हजुरबुबा लाई सम्झिया, हाम्रो सबैभन्दा असल छिमेकी, हामीलाई माया गर्ने हाम्रो मान्छे, हाम्रो दुःख,सुखकाेे साथी, हाम्रो बाल्यकाल काे एक साहारा!! उहाँले छाडेर जानू भएको भनेर विश्वास नै गर्न सकिन धेरै नरमाइलो लाग्याे, अाफ्नै सपनालाई दाेषि ठान्न थाले।
उहाँलाई दशैमा जादा टाेपि लगिदिएकाे थिया, यति खुसी हुनुहुन्थ्याे कुरा नगरु!! उहाँ भन्दै हुनुहुन्थ्यो म भाग्यमानी रहेछु तेरो कमाइ काे कपडा लाउन पाएछु!! रुन मन लाग्याे अनि मन मनै उहाँको अात्मा ले शान्ति पाअाेस् भगवान भनिरहे।!
साढे पाँच भईसकेछ, कलेज जान मन लागेन!! मन मा अझै डर बसिरहेको थियोे, छट्पटी भईरहेकाे थियो।
अाफ्नाे हालत हेरि सक्नु लागेन!!
कस्तो सपना छ्या!
तर साेच्या सपना सहि भयो म नमरे नि मलाई माया गर्ने मान्छे मलाई छाडेर सधैंको लागि भगवान प्याराे हुनुभयो, धेरै दुख लाग्याे,मन खल्लो भयो!!
सपनाको पनि कती ठुलो हैसियत, जिउँदो मान्छेलाई मरेतुल्य पारिदिने!! सपना मा कति ठुलो बल ठाउँ काे ठाउँ मै सास राेक्न बाध्य पारिदिने!!
अाफैलाइ सम्झाए, छाड्दे अब के गर्छस् त एक दिन न एकदिन त नि भगवान् काे प्यारो हुनैछ! तैपनि अाफ्नाे नजिकै काे मान्छे दुनियाँ छैन भनेर सुन्नुपर्दा र अाफु मरेको सपना देखेको व्यक्ति कसरी हाँस्न सक्छ र!!
अाेछ्यान बाट भगवान् काे नाम जप्दै उठे अनि बाथरुम तिर लागे।
त्यतिबेला सम्म बिहानको छ बजिसकेकाे थियो।